काठमाडौँ । नेकपा सचिवालय बैठक ९ बजेका लागि डाकिएको छ। पार्टी हाँक्ने जिम्मेवारी पाएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलोपटक बैठक बोलाएका हुन्।
प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीसँग सहमति लिएर सचिवालय बैठक बोलाएको नेताहरूले बताएका छन्। दुई अध्यक्षबीच मंसिर ४ गते ओलीले सरकार र दाहालले पार्टी हाँक्ने सहमति भएको थियो।
बैठक नियमित बैठककै रूपमा बोलाइएको र समसामयिक विषयमा छलफल हुने नेताहरुले एक नेताले जानकारी दिए ।







