काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले ५८ जना सशस्त्र प्रहरी निरीक्षकको भर्ना आह्वान गरेको छ ।
बुधबारको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै सशस्त्र प्रहरी बल नेपालले खुलामा ३१ सहित कुल ५८ जना सशस्त्र प्रहरी निरीक्षक पदमा आवेदन आह्वान गरेको हो ।
त्यसगरी सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदमा पनि खुलातर्फ १२८ सहित कुल २३९ पदमा आवेदन आह्वान गरिएको छ ।
हेर्नुहोस् सूचना :








