२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालय जान दैनिक छ किलोमिटर हिडनुपर्ने बाध्यता

अ+ अ-

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेटीका ज्ञानेन्द्र बोहरा दैनिक छ किलोमिटर हिँडेर विद्यालय जान्छन् ।

बस्तीमा रहेको विद्यालय माविस्तरको नहुँदा उहाँजस्तै त्यहाँका अन्य विद्यार्थी पनि दैनिक छ किलोमिटर हिँडेर विद्यालय जान बाध्य छन् ।

भौगोलिक रुपले विकट मानिएको खल्ला मसेटीमा सार्वजनिक सवारीसाधनको पहुँच नहुँदा त्यहाँका विद्यार्थीले दैनिक छ किलोमिटर हिँडेर विद्यालय जानुपरेको बोहराले बताए । कक्षा ९ मा अध्ययनरत ज्ञानेन्द्र बोहराले भने, “आफूहरु चुरेफेदको डरलाग्दो बाटोबाट जोखिम मोलेर भएपनि अध्ययनका लागि दैनिक छ किलोमिटर हिँडेर ब्रह्मदेवस्थित सिद्धनाथ मावि जाने गर्छै ।”

“जङ्गलको बाटो, माथि भीर तल महाकाली हिँड्नै गाह्रो हुन्छ”, उनले दुखेसो पोख्दै भने, “ खल्ला मसेटी गाउँमा यो पालिदेखि कक्षा ८ सम्मको अध्ययन हुँदैछ ।” बोहराले विगतमा माविस्तरको अध्ययन गाउँमा नहुँदा धेरै विद्यार्थीले स्कूल छाडेको बताए।

“गाउँ पूरै आर्थिकरुपले विपन्नले भरिएको छ”, उनले भने, “सडक सञ्जाल विस्तारको क्रममा रहे पनि गाउँमा बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधार पुग्न सकेका छैनन् ।” त्यसैगरी विद्यालयबाट घर फर्किरहेको अवस्थामा बाटोमा भेटिनुभएकी विद्यार्थी सङ्गीता चन्दले अध्ययनका लागि निकै सास्ती खेप्नु परिरहेको बताए ।

“जङ्गल छेउको बाटो भएकाले गाउँका विद्यार्थी जम्मा भएर अनि स्कूल जान्छौँ”, चन्दले भने, “छात्रालाई एक्लै आउन जानसमेत समस्या छ ।” वर्षात्का बेला घरबाट स्कूल जान हिँडेका खल्ला मसेटीका विद्यार्थी ब्रह्मदेव आउँदाबीचमा पर्ने भिमेरीगाड खोलाको बाढीले घर फर्किनुपर्ने अवस्था आउने गरेको विद्यार्थी बोहराले बताए ।

“गाउँमा बिजुली नहुँदा घरमा अध्ययन गर्न पनि समस्या हुन्छ”, विद्यार्थी दीपा चन्दले भने, “खल्ला मसेटीबाट मात्रै ६० भन्दा बढी विद्यार्थी हिँडेर ब्रह्मदेव आउँछन् ।” विगत तीन वर्षदेखि ब्रह्मदेव अध्ययनका लागि आइरहेकी चन्दले सडक र यातायात सुविधा नहुँदा विद्यार्थी अध्ययन गर्नबाट वञ्चित हुनुपर्ने अवस्था आएको बताए ।

“गाउँमा रहेको भीमदत्त स्मृद्धि आधारभूत विद्यालय स्तरोन्नति हुनसके हामीले यतिधेरै दुखः गर्नुपर्ने थिएन”, चन्दले भने, “हामीलाई सिंहदरबार होइन, गाउँमै स्कूल चाहिएको छ ।”

चन्दले भने, “गाउँमा मावि तहसम्मको विद्यालय छैन,  अटो तथा सार्वजनिक भाडाका साधन पनि गाउँमा चल्दैनन् तर पनि पढ्नकै लागि गाउँबाट ६ किलोमिटर हिँडेर ब्रह्मदेव आउनैपर्ने बाध्यता छ ।”

भीमदत्तनगरपालिका–९ का वडाध्यक्ष राम नाथले खल्लाम सेटीमा रहेको विद्यालय स्तरोन्नतिका लागि स्थानीय तह पहल गरिरहेको बताए ।

“स्कूलमा विद्यार्थीको सङ्ख्या बढ्दै गए माविसम्म बनाउने भन्ने भएको छ”, वडाध्यक्ष नाथले भने, “सडक पूर्वाधार विकास र यातायातको पहुँच पु¥याउन पहल हुँदैछन् ।” उनले खल्लासम्म कच्ची सडक विस्तार गरिसकेको बताउँदै थप सडक विस्तारका लागि नगरपालिकाबाट डोजर ल्याएर केही दिनभित्रै शुरु गर्ने बताए ।

खल्ला मसेटी र टिडीखेल गरेर सो क्षेत्रमा २७० परिवारको बसोबास रहेको नाथको भनाइ छ । “स्थानीय जनप्रतिनिधि आइसकेपछि सो क्षेत्रको विकासको ढोका खुलेजस्तै भएको छ”, उनले भने, “खल्ला मसेटी क्षेत्र नगरकै पिछडिएको ठाउँ हो ।” आर्थिक अवस्था कमजोर भएका नागरिकको बसोबास रहेको खल्ला मसेटीका स्थानीय महाकाली नदीको बगरमा बालुवा÷गिट्टी छान्नुका साथै अधिकांश पुरुष भारतमा मजदूरी गरेर जीविकोपार्जन गर्छन् । वडाध्यक्ष नाथले महाकाली करिडोरको काम शुरु भए खल्ला मसेटी सडक सञ्जालसित जोडिनेमा आशावादी रहेको बताए ।