२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन अमेरिकाको आग्रह

अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहेका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी सहायकमन्त्री र्‍याण्डम जि स्च्रिभरले बिहीबार भेट गरी ‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन आग्रह गरेका छन् ।

सहायकमन्त्री र्‍याण्डमले उक्त रणनीतिलाई अमेरिकी सहकार्यको नीतिका रुपमा बुझिदिन आग्रह गरेका थिए भने जवाफमा उपप्रधानमन्त्री पोखरेलले सो रणनीतिप्रति आफूहरु सकारात्मक भएको जनाएका थिए । उप्रधानमन्त्री पोखरेलले सार्वभौमिकता र स्वाधीनताका आधारमा दुई देशबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध अझ विस्तार हुनुपर्नेमा जोड दिए ।

उनले नेपाली सेनाका लागि विपद् व्यवस्थापन र मानवीय सहयोग वृद्धिका लागि आग्रह पनि गरे । सो अवसरमा अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’, संयुक्त सैन्य अभ्यास तथा नेपालमा अमेरिकी रक्षा र सुरक्षासम्बन्धी सहकार्य वृद्धिलगायत विषयमा छलफल भएको रक्षा मन्त्रालयका उपसचिव मुक्तिराम अर्यालले जानकारी दिए ।

भेटका अवसरमा अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्की, नेपालका लागि अमेरिकी राजदूत रेड्डी बेरी, रक्षा र परराष्ट्र मन्त्रालयलका अधिकारीको सहभागिता थियो ।