२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुन्दरीजल खानेपानी प्रशोधन केन्द्र आगामी महिना सम्पन्न हुने

अ+ अ-

काठमाडौं । मेलम्चीबाट आएको पानी प्रशोधनका लागि सुन्दरीजलमा निर्माणाधीन दुई प्रशोधन केन्द्रमध्ये एउटा केन्द्र आगामी महिनासम्ममा सम्पन्न हुने भएको छ । प्रशोधन केन्द्रको निरीक्षणका लागि बिहीबार निर्माणस्थल पुगेका खानेपानी तथा सरसफाइमन्त्री बीना मगरलाई मेलम्ची खानेपानी विकास समितिले प्रशोधन केन्द्रको बाँकी काम तीव्ररूपमा भइरहेको जानकारी गराएको हो ।

मन्त्री मगरसँगै मन्त्रालयका सचिव माधव बेल्वासे, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका महाप्रबन्धक मिलन शाक्यलगायतको टोलीले प्रशोधन केन्द्रको निरीक्षण गरेको थियो । पानी प्रशोधन केन्द्रको निरीक्षणसँगै टोलीले सुन्दरीजलस्थित सुरुङको समेत निरीक्षण गरेको थियो ।

मन्त्री मगरले दोस्रो प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न विभागीय प्रमुखहरुलाई निर्देशन दिए । सुन्दरीजलमा बन्ने भनिएको दुई प्रशोधन केन्द्रमध्ये एउटा निर्माण सम्पन्न भइसकेको छ भने अर्को प्रशोधन केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेमा दुवै प्रशोधन केन्द्रमा बराबर (साढे आठ करोड लिटर) प्रशोधन हुनेछ । मेलम्चीको पानी काठमाडौँमा वितरण गर्नुअघि सो केन्द्रमा प्रशोधन गरेर मात्र पठाइनेछ ।

सम्पन्न भइसकेको प्रशोधन केन्द्रको निर्माण भने यसअघि नै सकिएर सञ्चालनमा आइसकेको समितिले जनाएको छ । याङ्ग्री र लार्केखोलाको गरी दैनिक ३४ करोड लिटर पानी प्रशोधन गर्नका लागि उक्त स्थानमा अर्को प्रशोधन केन्द्रसमेत निर्माण हुने मेलम्ची समितिका कार्यकारी निर्देशक खत्रीले बताए । उनले भने, “दुई प्रशोधन केन्द्र सम्पन्न भएपछि अर्को प्रशोधन केन्द्र निर्माण शुरु हुनेछ ।”