२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीलाई मन्त्री अर्यालको निर्देशन

अ+ अ-

पोखरा । भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कर्मचारीलाई निर्देशन दिएकी छन् । शनिबार पोखरामा आयोजित ‘आर्थिक वर्ष २०७५७६ को प्रगति समीक्षा गोष्ठीलाई सम्वोधन गर्दै मन्त्री अर्यालले मालपोत र नापीका कर्मचारीलाई निर्देशन दिएकी हुन् ।

उनले कर्मचारीलाई कमजोर मनस्थिती नबनाउन आग्रह गर्दै सेवाभावकासाथ काम गर्न सुझाव दिएकी छन् । ‘तपाईंहरु जो पवित्र हुनुहुन्छ डराउनुपर्दैन । गल्ती नगरेकालाई अख्तियारले लगेको छैन,’ उनले भनिन्, ‘काम ढिलो गरेर पैसा लिन्छन् भन्छन् । हो की होइन म जान्दिनँ । यो कुरा मनमनै राख्नुहोला । यदि हो भने त्यस्तो गर्नु भएन । परिवर्तनको अनुभूति तपाईंहरूको टेबुलबाटै देखिने हो ।’

मन्त्री अर्यालले राम्रा कर्मचारीलाई संरक्षण गरिने भन्दै बिनाकारण कसैलाई पनि अन्यायमा नपारिने बताएकी छन् ।

उनले कर्मचारीलाई संस्कारी बनिदिनसमेत आग्रह गरेकी छन् । ‘हामीमाथि औंला ठडिएको छ । औंला ठडिएपछि केही न केही फरकपना आउनैपर्छ’, उनले भनिन्, ‘ कहीँ प्रश्न नउठोस् । तपाईंहरू संस्कारित बन्दिनुस् ।’

कार्यक्रममा मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमले भूमि प्रशासन अत्यन्तै संवेदनशील क्षेत्र भएको बताउँदै कर्मचारीलाई सचेचतापूर्वक काम गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक कृष्णप्रसाद ज्ञवाली, नापी विभागका महानिर्देशक प्रकाश जोशी, गुठी प्रशासक नारायण चौधरी, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले कार्यालयहरु प्रविधिमैत्री बनाउँदै गएको जानकारी दिएका छन् ।