२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महोत्सवले उद्योग व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्ने : गृहमन्त्री थापा

अ+ अ-

ललितपुर । गृहमन्त्री रामबहादुर थापाले नेपाल भ्रमण वर्ष सन् २०२० लाई टेवा पुर्‍याउन मुलुकमा बेला बेलामा आयोजना हुने गरेका विभिन्न किसिमका महोत्सवले यहाँका कला, संस्कृति, उद्योग र व्यवसायको प्रवर्द्धनमा ठूलो जोड पुग्ने बताएका छन् ।

झम्सिखेल युथ क्लबले आयोजना गरेको ‘झम्सिखेल महोत्सव –२०७६’ उद्घाटन समारोहमा आज उनले विकसित देशले आफ्ना देशमा रहेका उद्योग र व्यवसाय प्रवर्द्धनका लागि समय समयमा विभिन्न प्रकारका महोत्सव गर्ने गरेका उल्लेख गरे । उनले भने, “हाल मुलुक विकास र समृद्धिको युगमा प्रवेश गरेकाले यहाँ विभिन्न किसिमका महोत्सव आयोजना हुनुले बढीभन्दा बढी पर्यटकको मन जित्न सफल हुने अपेक्षा गरको छु ।”

सो महोत्सवले प्लास्टिक मुक्त झम्सिखेल बनाउने योजना अघि बढाएकामा आफू निकै खुशी भएको मन्त्री थापाले बताए । झम्सिखेल समृद्ध भयो भने सम्पूर्ण मुलुकनै समृद्ध हुने गृहमन्त्री थापाको बुझाइ छ । प्रतिनिधिसभा सदस्य पम्फा भुषालले ललितपुर महानगरपालिकाको वडा नं ३ लाई सिङ्गै पर्यटन क्षेत्रका रुपमा विकास गर्न विभिन्न कार्यक्रम अघि बढाइरहेको बताए ।

यसैगरी प्रदेशसभा सदस्य जीवन खड्काले यस क्षेत्रमा घरवास सञ्चालन गर्ने व्यवसायीलाई प्रदेश सरकारले सहयोग गर्ने विश्वास दिलाए । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले नजिकै आएको भ्रमण वर्ष २०२० लाई सफल बनाउन ललितपुरमा आवश्यक पर्ने खुलकूदको व्यवस्था गर्ने बताए । प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले महोत्सवले ललितपुरलाई विदेशीमाझ चिरपरिचित गराउने औंल्याए ।

क्लबका अध्यक्ष सन्दन थापा मगरले झम्सिखेलको स्थानीय स्रोतसाधनलाई बढावा दिन क्लबले प्रत्येक चार चार वर्षमा महोत्सवको आयोजना गर्ने गरेको जानकारी दिए । महोत्सवमा कला, संस्कृति र हस्तकलाका विभिन्न सामग्री राखिनुका साथै विभिन्न किसिमका कक्षहरु राखिएका छन् ।