धरान । सुनसरीको इटहरी चोकस्थित सूर्य कम्प्लेक्समा आगलागी भएको छ ।
शनिबार राति करिब १२ बजेबाट सुरु भएको आगलागी आइतबार बिहान करिब ४ बजे नियन्त्रणमा लिइएको छ ।
सूर्य कम्प्लेक्सको पाँचौ तलामा रहेको विग बार रेष्टुरेन्टबाट सुरु भएको आगो अन्य पसलमा पनि फैलिएको थियो । आगो नियन्त्रणका लागि इटहरी, विराटनगर, धरान, इनरुवा, सुन्दरहरैचालगायत स्थानका नौवटा दमकल प्रयोग गरिएको थियो ।
आगलागीको क्षतिको विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।







