काठमाडौं । विराटनगरमा ग्याँस लिक भएर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति भएको आगलागीमा परी अन्दाजी ७० वर्षीय वृद्धको मृत्यु भएको हो ।
एक्लै बस्दै आएका वृद्धको ग्याँस लिक भएर आगलागी भएको जनाईको छ । आइतबार बिहान वृद्धले ढोका नखोलेपछि छिमेकी बोलाएर हेर्दा जलेको अवस्थामा शव भेटिएको जनाइएको छ । घटनास्थलमा ग्याँसका पाइप जलर नष्ट भएको प्रहरीले जनाएको छ ।







