काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मङ्गलबार हुने पुरुष फुटबलको फाइनल खेलको टिकट नपाएको भन्दै आक्रोशित सर्वसाधारणमाथि प्रहरीले दशरथ रङ्गशालाबाहिर कुटपिट गरेको छ । टिकटका लागि रङ्गशाला भित्र छिर्न खोज्दा प्रहरी र सर्वसाधारणबीच विवाद भएपछि प्रहरीले कुटपिट गरेको हो ।
रङ्गशाला अगाडि रहेको ब्लुक्रस अस्पताल अगाडि प्रहरीले कुटपिट गरेको दृष्य खिच्न खोज्ने पत्रकारलाई पनि प्रहरीले कुटपिट गरेको छ । नागरिकका पत्रकार सुमन चापागाईको कानमा चोट लागेको छ ।
भिडियो खिचेको भन्दै चापागाइँमाथि जाइलागेको प्रहरीले उनको छातीमा लात्ताले हिर्काउनुको साथै कुटपीट गरेको थियो । घाइते भएका पत्रकार चापागाइँको राष्ट्रिय खेलकुद परिषद्स्थित खेलाडीको स्वास्थ्य परीक्षण गर्ने स्थानमा उपचार भइरहेको छ ।
त्यस्तै, अन्य पत्रकारलाई पनि प्रहरीले फोटो खिचेको भन्दै क्यामारा फुटाउने धम्की दिइएको बताइएको छ ।
भिडियो शिव दाहालको ट्वीटबाट :
दर्शकलाई रंगशालामा प्रहरीकाे किक हेर्नुस !pic.twitter.com/SkVxrDqbax
— ShIvA DaHaL (@dahalshivaji) December 10, 2019







