कठमाडौं । मानव विकास सूचकांकमा नेपाल ३ स्थान माथि उक्लिएको छ। युनडीपीले सार्वजनिक गरेको सूचकांकमा नेपाल गत वर्षको तुलनामा ३ अंकले माथि आएको हो।
गत वर्ष १८९ मुलुकहरूमध्ये सन् २०१८ मा १ सय ४९ स्थानमा यस वर्ष १४७ औं स्थानमा उक्लिएको छ। नेपालसँगै केन्या १४७ औं स्थानमा छ।
१८९ मुलुक मध्ये मानव विकास सूचकांकको पहिलो नम्बरमा भने नर्वे रहेको छ। त्यसैगरी दोस्रोमा स्वीट्जरल्याण्ड, तेस्रोमा आयरल्याण्ड छन्।
छिमेकी मुलुक भारत १२९ स्थानमा रहेको छ भने चीन ८५ औं स्थानमा रहेका छन् ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपीं) को मानव विकास सुचकांकमा नेपालको ०.५७९ अंक रहेको छ । गत वर्ष ०.५७४ अंक रहेको थियो।
१९९० देखि २०१८ सम्मका अवधिमा यो मामिलामा नेपालले औसतमा ०.५२ प्रतिशतले सुधार गरेको देखिएको छ । युएनडिपीले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार दक्षिण एसियाको सूचकमा नेपाल भारत , भुटान, र बंगलादेश भन्दा पछि परेको देखिएको छ ।
प्रतिवेदनमा कूल १८९ देशलाई समावेश गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले काठमाडौंमा यो प्रतिवेदन सार्वजनिक गर्दै नेपाल अहिले दिगो विकासका लक्ष्य पुरा गर्नतर्फ अगाडि बढको जनाएका छन् ।
उनले नेपाल हाल दिगो विकास लक्ष्य (एसडीजी)पुरा गर्नेतर्फ लागेको र सरकारले प्राविधिक शिक्षामा जोड दिएको बताए ।







