२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका गर्न जल कचरी

हिम पहिरो फुट्ने खतार बढ्दो

अ+ अ-

डोल्पा । जलवायु परिवर्तन न्युनिकरण गर्न स्थानीयसँग जलकचहरी गरिएको छ ।

डोल्पाको शे–फोक्सुण्डो गाँउपालिकामा जलवायु परिवर्तन रोक्न पहिलो पटक जलकचहरी गरिएको हो ।

हरेक बर्ष बढ्दै गएको जलवायु परिवर्तनको प्रभाव स्थानीय स्तरमा पढ्दै गएकोले त्यसलाइ रोक्न स्थानीयलाई जागरुक गराउन जलकचहरी गरिएको पानी कार्यक्रमले जानकारी दिएको छ ।

पछिल्लो समय जलवायु परिवर्तनले शे–फोक्सुण्डो गाँउपालिकाका विभिन्न क्षेत्रका पानीका मुहान सुक्दै गएको र खडेरीको समेत खतरा बढी रहेको स्थानीय छिमे ग्याल्बो बैजीले जानकारी दिए ।

शे–फोक्सुण्डो गाँउपालिकाका सबै वडाबाट सहभागी गराएको जलकचहरीमा ८ का वडा अध्यक्ष निमा लामाले भने ‘हामीलाइ बल्ल महसुस हुदैछ वातावरणीय प्रभाव परेको हामीले सकेको प्रयास गर्ने छौ ।’

पानी कार्यक्रम समाबेशी रहेकोले हरेक क्षेत्र वर्गका मासिनले सहभागिता जनाउन पाउने र पानी संरक्षणको लागि र वातावरणीय प्रदुषण र जलवायु परिवर्तनलाई न्यूनिकरण गर्न सबै निकाय लाग्नुपर्ने जलाधार क्षेत्र बिशेषज्ञ आङबहादुर लामाले आग्रह गरे ।

लामाले भने हिउ पहिरो,हिमताल फुटने जस्ता खतराहरु शे–फोक्सुण्डो गाँउपालिकामा निकै जोखिम रहेकोले समयमा सचेत हुनुका साथै जलाधार क्षेत्रको संरक्षण तथा ब्यवस्थापनमा लाग्न जरुरी रहेको बताए ।

वृक्षारोपन, आगलागी नियन्त्रण, पानीका मुहान संरक्षण तथा ब्यवस्थापन ग्रिनहाउसमा तरकारी उत्पादन सिचाइ ब्यवस्थापन जस्ता कामहरु तत्काल गर्ने शे–फोक्सुण्डो गाँउपालिका ९ का स्थानीयले प्रतिवद्धता सहित कार्य योजना समेत तयार पारेका छन् ।

मौसम परिवर्तन र जलवायु परिवर्तनका कारण त्यसको असर सिधै मानिसमा परिरहेकोले वातावरणीय सरसफाइ लगायतका जलाधार संरक्षणमा लाग्नुपर्ने पानी कार्यक्रम अन्तर्गत जलवायु परिवर्तन सम्बन्धी काम गर्ने संस्था क्रिर्डाक नेपालकी फिल्ड अधिकृत पबिना खड्काले बताइन् ।

यार्चा गुम्बा ब्यवस्थापन सबै भन्दा ठुलो चुनौती रहेको स्थानीयहरु बताउछन् । स्थानीय छिमे ग्याल्बो बैजीले भने निकुञ्व क्षेत्रका पाटन तथा पदमार्गमा यार्सा सक्लकनले फालेको फोहोर आफैले सफा गरेको समेत दावी गरे ।

हरेक बर्ष ,हिउ पग्लदै गएको र पहिरो बाढी समेत बढि रहेकोले निकै चिन्ता जनक अवस्थामा रहेको महसुस गरेको स्थानीयले बताए । पानी कार्यक्रमको मुख्य उदेश्य नै जलाधार क्षेत्रको संरक्षण गरि जलवायु परिवर्तनमा आउने प्रभावलाई न्यूनिकरण गर्नु रहेको जलाधार क्षेत्र बिशेषज्ञ आङबहादुर लामाले जानकारी दिए ।