२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छ वर्षमा चार हजार उजुरी फछ्र्यौट

अ+ अ-

कञ्चनपुर । अख्तियार दुरुयोग अनुसन्धान आयोगको यहाँस्थित कार्यालयले छ वर्षको अवधिमा चार हजार बढी उजुरी फछ्र्यौट गरेको छ । आव २०७०/७१ देखि आव २०७५/७६ सम्मको अवधिमा आयोगको कार्यालयमा परेका पाँच हजार ६०१ उजुरीमध्ये चार हजार ३७९ उजुरी फछ्र्यौट गरेको हो ।

सोमध्ये ८२२ उजुरी अनुसन्धानका क्रममा रहेका छन् । चालू आवको पहिलो चौमासिकमा आयोगको कार्यालयमा परेका ४०२ उजुरीमध्ये २४७ उजुरी फछ्र्यौट गरेको आयोगको यहाँस्थित कार्यालयका प्रवक्ता टोपबहादुर विष्टले बताए। उनका अनुसार कार्यालयमा परेका उजुरीमध्ये २३७ उजुरी विस्तृत अनुसन्धानका लागि छनोट गरी अनुसन्धानपश्चात प्रतिवेदनसहित आयोगको कार्यालयमा १७७ उजुरी पठाइएका छन् ।

चालू आवमा सबैभन्दा बढी कैलालीका ११९, कञ्चनपुरका ८४, दार्चुलाका ३४, बैतडीका ४७, डडेल्धुराका २४, डोटीका ३४, अछामका १९, बझाङका १७ र बाजुराका २१ उजुरी दर्ता भएका छन् । जिल्ला नखुलेका तीन उजुरी आयोगमा परेका छन् । आयोगमा आव २०७०/७१ मा ७४९, २०७१/७२ मा एक हजार १२६, २०७२/७३ मा ९५८, २०७३/७४ मा ६४४, २०७४/७५ मा ५८८ र २०७५/७६ मा ७३४ उजुरी दर्ता भएका छन् ।

“सबैभन्दा बढी परेका उजुरीमा स्थानीय तहको विकास निर्माणका कामका छन्”, प्रवक्ता विष्टले भने, “त्यसपछि शिक्षामा धेरै उजुरी परेका छन् ।” आयोगले गरेको स्टिङ अप्रेसनका क्रममा घुसखोरीमा रङ्गेहात पक्राउ गरी ३४ माथि विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । “चालू आवमा मात्रै छ स्टिङ अप्रेसन गरेका छौँ”, उनले भने, “कञ्चनपुरमा एक, कैलालीमा चार र डोटीमा एक स्टिङ अप्रेसन गरिएको छ ।”

भ्रष्टाचार न्यूनीकरणका लागि आयोगले सामुदायिक शिक्षा कार्यक्रमअन्तर्गत उच्च शिक्षा र क्याम्पसमा पढ्ने विद्यार्थी तथा शिक्षकलाई भ्रष्टाचारविरुद्धको सामुदायिक सेचतना शिक्षासँगै अन्तक्र्रिया, बैठक र जानकारीमूलक एवं सन्देशमूलक सूचना प्रकाशन र प्रसारण गर्दै आएको छ ।