२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपमहानगरपालिकाद्वारा प्लाष्टिक बिक्रीको तयारी

अ+ अ-

घोराही । घोराही बजारलाई वातावरणीयरूपमा प्रदूषण हुनबाट रोक्ने उद्देश्यले उपमहानगरपालिकाले प्लाष्टिक बिक्री गर्ने भएको छ । जथाभावीरूपमा फोहर फाल्दा शहरमा प्रदूषण बढ्ने र ल्याण्डफिलसाइटसमेत भरिने भएकाले घोराही उपमहानगरपालिकाले नगल्ने फोहरका रूपमा रहेका प्लाष्टिकजन्य वस्तु खरीद गरेर बिक्री गर्ने तयारी गरेको हो ।

पुनःप्रयोग गर्न सकिने प्लाष्टिक झोला, विभिन्न खाद्यवस्तुका खोललगायतका प्लाष्टिकजन्य वस्तु खरीद गर्नका लागि उपमहानगरपालिकाले यो आर्थिक वर्ष रु सात लाख बजेट छुट्याएको छ । सोही रकमबाट उपमहानगरपालिकाले पहिलोपटक शहरी क्षेत्र वडा नं १४ र १५ सँगै शहरी क्षेत्रका रूपमा विकास हुँदै गरेका वडा नं १०, १३, १६ र १७ लगायतका वडाबाट प्लाष्टिकजन्य वस्तु खरीद गर्ने तयारी गरेको उपमहानगरपालिकाका सरसफाइ व्यवस्थापन शाखाका प्रमुख प्रेम केसीले जानकारी दिए ।

प्लाष्टिकजन्य पदार्थ उपमहानगरपालिकाले किन्ने भएकाले घरबाट बाहिर नफाल्न उपभोक्तालाई आग्रह गरेको छ । त्यसका लागि अहिले कार्यविधि बनाउने काम भइरहेकाले कार्यविधि बनेपछि प्लाष्टिक खरीदको कामलाई अघि बढाइने उनले बताए । “पहिलोपटक कुन–कुन वडाको कहाँबाट प्लाष्टिक खरीद गर्ने भनेर कार्यविधि बनाउँदैछौँ”, केसीले भने, “कार्यविधि बनाएपछि प्लाष्टिक खरीदलाई अघि बढाइनेछ ।”

उनका अनुसार उपमहानगरपालिकाले वडामा रहेका टोल विकास संस्था, सामुदायिक वन, युवा क्लबलगायतका सङ्घसस्थामार्फत प्लाष्टिक खरीद गर्ने तयारी गरेको छ । सङ्घसंस्थामार्फत खरीद गर्दा सरसफाइको अभियानलाई प्रभावकारी बनाउन सकिने र सङ्कलनमा सहज हुने देखिएको उनले बताए । “घोराही बजारसँगै शहरोन्मुख वडामा बढ्दै गरेको फोहर कम गर्नका लागि प्लाष्टिक खरीद गर्ने योजनामा छौँ”, उनले भने, “जसले घोराहीलाई प्रदूषण हुनबाट रोक्नका साथै वडा नं १६ मा रहेको डम्पिङसाइटको आयुसमेत बढाउनेछ ।”

गल्ने फोहरबाट ग्यास उत्पादन गर्ने र नगल्ने फोहरका रूपमा रहेको प्लाष्टिकलाई खरीद गरेर बिक्री गर्नसके फोहर व्यवस्थापनमा समेत सहजता हुने शाखा प्रमुख केसीले बताए । प्लाष्टिकजन्य पदार्थलाई उपमहानगरपालिका आफूले बिक्री गर्ने भएको छ । त्यसका लागि हेटौँडामा रहेको प्लाष्टिक उद्योगसँग कुरा भइरहेको उनले बताए । अहिले उपमहानगरपालिकामा दैनिक २३ टनसम्म फोहर सङ्कलन हुँदै आएको छ ।