२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तरकारीमा आत्मनिर्भर बनाउन ‘एक घर एक करेसाबारी’

अ+ अ-

वालिङ । स्याङ्जाको पुतलीबजार नगरपालिकाले ‘एकघर एक करेसाबारी’ अभियान थालेको छ ।

नगरपालिकाभित्रका प्रत्येक टोल टोललाई लक्षित गरी ‘एकघर एक करेसाबारी’ अभियानअन्तर्गत समेट्ने योजनासहित कामको थालनी गरिएको नगर प्रवक्ता ख्यामनारायण अधिकारीले बताए ।

“नगरभित्र २९३ टोल विकास संस्था छन् । प्रत्येक टोलमा एक÷एक वटा नर्सरी स्थापना गर्दै जानेछौँ”, प्रवक्ता अधिकारीले भने, “नर्सरी स्थापना गर्नका लागि आवश्यक तालीम दिएका छौँ । बीउबिजन किन्न र नर्सरी व्यवस्थापनका लागि प्रत्येक टोललाई खर्च पनि दिन्छौँ ।” टोल÷टोलमा स्थापना गरिएका नर्सरीबाट प्रत्येक घरलाई निःशुल्क १०÷१० वटा विभिन्न प्रजातिका बिरुवा÷बेर्ना उपलब्ध गराउनुपर्ने प्रवक्ता अधिकारीले बताए ।

“एउटा घरलाई निःशुल्क १० वटा बिरुवा उपलब्ध गराउने र त्योभन्दा बढी आवश्यक परेमा कृषक आफैँले नर्सरीबाट मूल्य तिरेर लैजानुपर्ने व्यवस्था मिलाएका छौँ”, प्रवक्ता अधिकारीले भने, “यसले गर्दा प्रत्येक घर यस अभियानमा सहभागी हुने र घरमै कुनै न कुनै तरकारी बाली लगाउन थाल्ने भएकाले ताजा तथा अर्गानिक तरकारी उत्पादन भई तरकारीमा आत्मनिर्भर बनाउन सकिने छ ।”

‘आफ्नो काम आफ्नै रोजगार–कृषि पर्यटन निर्माण हाम्रो आधार’ भन्ने नाराका ‘एकघर एक करेसाबारी’ अभियानमा नगरपालिकाका टोलवासीको सक्रिय सहभागिता रहेको कृषि कार्यक्रमका सल्लाहकार खेमनारायण चापागाईले बताए । “प्रत्येक टोल–टोलमा मौसमी तथा बेमौसमी तरकारीको बेर्ना उत्पादन हुन्छन्”, उनले भने, “टोलमा रहेका प्रत्येक घरले निश्चितमात्रामा बेर्ना निःशुल्क पाउँछन् र अन्य आवश्यक परेमा किन्नुपर्ने हुन्छ ।”

बजारबाट तरकारी किनेर खाने प्रवृत्तिको विकास भइरहेका बेला नगरवासीलाई समयानुसारका तरकारी घरमै करेसाबारी निर्माण गरी लगाउने बानीको विकास मात्रै गर्न सके पनि यो अभियान प्रभावकारी हुने दाबी कृषि सल्लाहकार चापागाईको छ । व्यावसायिकरुपमा तरकारीखेती गर्नै नसके पनि थोरै परिश्रमले आफ्नो घर परिवारलाई आवश्यक पर्ने तरकारी घरकै करेसाबारीमा उत्पादन गर्न सकेको खण्डमा आर्थिक बचत तथा ताजा र प्राङ्गारिक तरकारी खानाले स्वास्थ्यमा समेत फाइदा पुग्ने पुतलीबजार नगरपालिकाले जनाएको छ ।