२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्प प्रभावित ७७ विद्यालय भवन पुनःनिर्माण हुँदै

अ+ अ-

बेझाड । पाल्पामा भूकम्पबाट क्षति पुगेका ७७ विद्यालय भवन यो वर्ष भूकम्प पुनःनिर्माण प्राधिकरणमार्फत पुनःनिर्माण हुँदैछन् । चारकोठे ५०, तीनकोठे चार र दुईकोठे २३ विद्यालय भवन निर्माणकार्य शुरु भएको शिक्षा समन्वय तथा कार्यान्वयन एकाइ प्रमुख रमेशराज पौडेलले बताए ।

जिल्लामा यसभन्दा अगाडि निर्माणकार्य शुरु भएका भूकम्प प्रभावित विद्यालय भवनको पुनःनिर्माणकार्य लगभग ७० प्रतिशत सकिइसकेको छ । आव २०७३÷७४ मा ३२ निर्माण भएका भवनमध्ये नेपाल सरकार शिक्षा विभागबाट ३०, प्राधिकरणबाट दुई वटा छन् । आव २०७४/७५ मा शिक्षा विभाग र भूकम्प पुनःनिर्माण प्राधिकरणबाट गरी जम्मा ११६ भवन निर्माण भएका छन् । प्राधिकरणबाट ७४ भवन प्राप्त भएकामध्ये चारकोठे १६, तीनकोठे चार, दुईकोठे ५४ भवन छन् ।

नेपाल सरकार शिक्षा विभागबाट प्राप्त भएका ४२ भवनमध्ये चारकोठे १२ र दुईकोठे ३० भवन छन् । आव २०७५/७६ मा पहिलो चरणमा शिक्षा विभागबाट प्राप्त ३२ भवनमध्ये चारकोठे १६, दुईकोठे ११, तीनकोठे पाँच भवन छ । दोस्रो चरणमा प्राप्त भएको ४८ भवनमध्ये चारकोठे २४, तीनकोठे चार र दुईकोठे २० भवन छन् ।

प्राधिकरणमार्फत पहिलो चरणमा ३६ भवन प्राप्त भएकामध्ये दुईकोठे १७, चारकोठे चार, तीनकोठे १५ भवन छन् । दोस्रो चरणमा ४८ मध्ये चारकोठे २४, तीनकोठे चार, दुईकोठे २० भवन छन् । प्राधिकरणबाट आव २०७३÷७४ सम्ममा चारकोठे भवनका लागि रु ६३ लाख, दुईकोठे भवनका लागि रु २१ लाख र तीनकोठे भवनका लागि रु ३१ लाख रकम उपलब्ध गराइएको छ । आव २०७४/७५ मा चारकोठे भवनलाई रु ६३ लाख, २०७५÷७६ मा चारकोठे भवनलाई मात्र रु ७० लाख बजेट उपलब्ध गराइएको छ ।

जिल्लामा भूकम्पमा ८२ विद्यालय शुरुमा क्षति पुगेका भवनमा सूचीकृत भएका थिए भने पछि थप भएर आएकासहित ११७ विद्यालय भूकम्प प्रभावित विद्यालयमा सूचीकृत भएका छन् । नेपाल सरकार शिक्षा विभागबाट आव २०७३/७४ सम्ममा चारकोठे भवनलाई रु ३२ लाख, दुईकोठे भवनलाई रु १३ लाख उपलब्ध गराउने गरिएकामा २०७४÷७५ मा चारकोठे भवनलाई रु ३६ लाख, दुईकोठे भवनलाई रु १६ लाख रकम उपलब्ध गराइएको छ । पाल्पामा ४९४ विद्यालय सञ्चालनमा छन् जसमा सामुदायिकतर्फ प्राथमिक २००, संस्थागत ५९, आधारभूत तहमा सामुदायिक ८८, संस्थागत १२, मावि तहमा सामुदायिक ११५, संस्थागत २० विद्यालय छन् ।