२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वाग्रही पत्रकारिताबाट नागरिक प्रभावित हुनुहुँदैन : सञ्चारमन्त्री

अ+ अ-

काठमाडौं । अङ्ग्रेजी भाषाका माध्यमबाट नेपाललाई अन्तरराष्ट्रिय क्षेत्रमा जोड्दै आएको ‘द राइजिङ नेपाल’ आजदेखि ५५ वर्षमा प्रवेश गरेको छ । विसं २०२२ पुस १ गतेदेखि अङ्ग्रेजी भाषाको अखबारका रुपमा यसको प्रकाशन शुरु भएको थियो । गोरखापत्र संस्थानद्वारा प्रकाशित सो अखबारको संस्थापक सम्पादकका रुपमा वरुणशम्शेर राणा थिए ।

‘द राइजिङ नेपाल’ ५४ वर्ष पूरा गरेका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पूर्वाग्राही पत्रकारिताबाट आमनागरिक प्रभावित भइरहेकामा चिन्ता व्यक्त गर्दै मूलधारका सञ्चारमाध्यमले सत्यतथ्य समाचार सामग्री सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।

उनले केही सञ्चारमाध्ययम यो वा त्यो बहानामा सरकारलाई मिथ्या आरोप लगाएर जनतामा भ्रम सिर्जना गर्न उद्दत देखिएको बताए । ‘केही सञ्चारमाध्यमले तथ्यलाई स्वीकार गर्न नसक्दा जनतामा भ्रम सिर्जना भइरहेको छ’, विशेषतः मूलधारको सञ्चारमाध्यमले सही र तथ्यपरक सूचना सम्प्रेषणमा ध्यान दिन आग्रह गर्दै उनले भने, ‘हामी तथ्यहरु दिँदैनौँ, राजनीतिक होहल्लामा कुद्छौँ, तथ्यमा नटेकी पूर्वाग्राही दृष्टिकोणबाट निर्देशित सञ्चारमाध्यम आफ्नै कारणले समस्यामा छन् ।’

आफ्ना गतिविधिलाई लिएर हुने आलोचनाबाट सरकार रत्तिभर नडराउने बताउँदै उनले हचुवाका भरमा नभई तथ्यमा आधारित रहेर आलोचना गर्न लेखक एवं पत्रकारलाई आग्रह गरे । पछिल्ला समय ‘गोरखापत्र’लगायत संस्थानका अन्य प्रकाशनको समाचार सामग्री पठनीय बन्दै गएकामा सन्तोष व्यक्त गर्दै सञ्चारमन्त्री बाँस्कोटाले समाचार सामग्रीलाई थप ओजपूर्ण बनाउन सुझाव दिए । ऊर्जाशील समय त्यसै खेर नफाल्न संस्थानका पत्रकार तथा कर्मचारीलाई आग्रह गर्दै उनले सरकारविरुद्धका भ्रम चिरेर स्थानीय सरकारसँग समन्वय गरी अगाडि बढ्न आग्रह गरे ।

कार्यक्रममा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले समाचारको विषयवस्तुलाई पठनीय बनाउनु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै पाठ्य सामग्रीमा सुधार ल्याउने प्रयास निरन्तर भइरहेको बताए । ‘कुनै बेला ‘गोरखापत्र’को काम सरकारको गलत काम छोप्नु थियो होला तर अहिले हामीले त्यस्तो प्रवृत्ति परिवर्तन गरेका छौँ’, उनले भने, ‘आलोचनात्मक चेत हामीले गुमाएका छैनौँ, आमजनताप्रति बफादार हुने गरी अगाडि बढेका छौँ, यो कुनै दलको, सरकारको होइन, जनताको पत्रिका हो ।’

कार्यक्रममा ‘द राइजिङ नेपाल’को श्रीवृद्धिमा विशिष्ट योगदान गर्ने डा.तारानाथ शर्मा, पी खरेल, जबाहरकृष्ण मानन्धर, लोकदीप थापा, विजयलाल श्रेष्ठ, आदित्यमान श्रेष्ठ, देवराज दाहाललगायतलाई सम्मान गरिएको थियो । सो अखबारले राष्ट्रिय तथा अन्तरराष्ट्रिय गतिविधिलाई अङ्ग्रेजी भाषाका माध्यमबाट नागरिकलाई सूसुचित गराउँदै आएको छ । जनचासोका आलेख, विचार, विश्लेषण तथा अन्तर्वार्तालाई अखबारले प्रमुखताका साथ प्रकाशन गर्दै आएको छ ।