काठमाडौँ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.७६ डिग्री सेल्सियस पुगेको छ । आज बिहानसम्मको तापक्रम मापन गर्दा आजसम्मकै न्यून रहेको छ ।
आज बिहान साढे ६ बजे मापन गरिएको तापक्रम ३.७ डिग्री पुगेको मौसमविभागले जनाएको छ । यो सँगै देशभर तापक्रम घट्दै गइ चिसो बढ्ने क्रम जारी रहनेछ ।
तराइका केही जिल्लामा बाक्लो हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।







