२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सैनिक अस्पतालमा काठमाडौंवासीको हेमोडाइलाइसिस गरिने

अ+ अ-

काठमाडौं । नेपाली सेनाको वीरेन्द्र अस्पताल, छाउनीमा काठमाडौं महानगरका नागरिकले मृगौला उपचार सेवा पाउने भएका छन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापा र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यबीच बुधबार नागरिकलाई मृगौला उपचारसम्बन्धी सेवा उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यो सेवा काठमाडौं महानगरभित्र कार्यरत सरकारी कर्मचारीको हकमा पनि लागू हुनेछ । तर, महागनरपालिकाबाट सिफारिस अनिवार्य गरिएको छ । यसअघि सैनिक अस्पतालमा सर्वसाधारणले दुर्घटना भएको अवस्थामा आकस्मिक सेवा मात्रै पाउँदै आएका थिए ।

सेनाको नेपालगञ्जमा रहेको अस्पतालले पनि प्रदेशसँग मृर्गौलासम्बन्धी रोगको उपचारका लागि समझदारी गर्ने तयारी गरेको स्रोतको भनाइ छ । इटहरी र पोखरामा पनि सैनिक अस्पताल निर्माण भइसकेपछि नागरिक स्तरमा सेवा विस्तार गरिने बताइएको छ ।

समझदारी भएपछि शाक्यले यसलाई ऐतिहासिक कार्यको थालनी भनेका छन् । सेनाले सैनिक र महानगरवासीबीच रहेको सम्बन्धीलाई थप प्रगाढ र सुमधुर बनाउन यो समझदारीले सहयोग गर्ने विश्वास व्यक्त गरिएको जनाएको छ ।

समझदारीमा हस्ताक्षर हुँदा सेनाका बलाधिकृत रथी शरदकुमार गिरी, बलाध्यक्ष रथी गौरव तण्डुल, काठमाडौंका उपमेयर हरिप्रभा खड्गीलगायतको उपस्थिति थियो ।