२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती

अ+ अ-

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीमा कर्मचारी अभाव भएपछि सेवा प्रवाहमा समस्या भएको छ  । कर्मचारी अभावका कारण सरकारी सेवा लिन स्थानीयवासीलाई घण्टौं कुनुपर्ने बाध्यता भएको छ  ।

जिल्ला प्रशासन कार्यालयमा अहिले प्रमुख जिल्ला अधिकारी, चार नायब सुब्बा, दुई खरिदार र करारका एक कम्प्युटर अपरेटरमात्र कार्यरत छन् । कर्मचारी अभावका कारण सेवाग्राहीलाई समस्या उत्पन्न हुने गरेको छ ।

‘कार्यालयमा दुई वटा प्रशासकीय अधिकृतको दरबन्दी छ, तर एक जना पनि प्रशासकीय अधिकृत नहुँदा आफू एक्लैले सबै जिम्मेवारी धान्नु परिरहेको छ’, प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले भने, ‘दरबन्दीअनुसारका कर्मचारी पठाएको छैन, प्राय सबै काम मैले धानेको छु, निकै समस्या भएको छ ।’

लामो समयदेखि विभिन्न दरबन्दीका कर्मचारी नहुँदा जनताका काम गर्नमा समस्या भइरहेको उनको भनाइ छ । नायब सुब्बाको सात दरबन्दीमध्ये तीन वटा लामो समयदेखि रिक्त रहेको छ । त्यस्तै कम्प्युटर अपरेटरको दुबै दरबन्दी रिक्त भएपछि करारमा नियुक्त गरेर कामकाज सञ्चालन भइरहेको प्रजिअ पौडेलले जानकारी दिए । त्यस्तै खरिदारको चार दरबन्दीमध्ये दुई रिक्त रहेका छन् ।

कार्यालयका लेखापाल भुवनप्रसाद भट्ट सरुवा भएपछि उक्त दरबन्दी पनि रिक्त भएको छ । दरबन्दीअनुसार कर्मचारी नहुँदा झेल्नुपरेको समस्याका विषयमा गृहमन्त्रालय र विभागमा जानकारी गराई कर्मचारी माग गरेको तर हालसम्म कर्मचारीको व्यवस्था भने नभएको पौडेलले जानकारी दिए । नागरिकता र राहदानी लिन दैनिक ५०/६० जना सेवाग्राही जिल्ला प्रशासन कार्यालयमा आउने कम्प्युटर अपरेटर सुवास परियारले जानकारी दिए । उनका अनुसार मङ्सिर महिनामा मात्रै कार्यालयबाट ८५० जनाले नेपाली नागरिकताको प्रमाण पत्र लिएका छन् ।