२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यायपालिकाको सुधार एक्लो प्रयासले सम्भव छैन : प्रधानन्यायाधीश जबरा

अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायपालिकाको सुधारका लागि सबैको सहयोग, सहकार्य र समन्वय जरुरी भएको बताएका छन् । न्याय परिषद्को स्थापना दिवसका अवसरमा आज आयोजना गरिएको कार्यक्रममा उनले न्यायालयको सुधारका लागि एक्लो प्रयासबाट समाधान नहुने हुँदा सबै पक्षबाट सहयोगको अपेक्षा रहेको बताए।

प्रधानन्यायाधीश राणाले भने,’न्यायालयमा सुधारको जरुरी छ, न्याय परिषद्का पनि न्यायाधीश नियुक्तिका विषयमा आलोचना हुने गरेको छ, कमीकमजोरी पक्कै भएको छ, आत्मसमीक्षा गरेर आगामी दिनमा सुधार गर्दै लैजानुपर्छ ।’ उनले संविधान र कानूनले व्यवस्था गरेअनुसार नै न्यायाधीश नियुक्ति गरेको समेत स्पष्ट पारे । देशभरका न्यायाधीशले आ–आफ्नो क्षेत्रबाट सक्रियरूपमा स्वतन्त्र र निष्पक्ष तरिकाले काम गरिरहेको र न्यायप्रतिको जनआस्था वृद्धिका लागि न्यायालयले निरन्तर काम गरिहेको प्रधानन्यायाधीश राणाको भनाइ थियो ।

उपप्रधान तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले जनताको मनोभावना विचार गरी न्याय परिषद्ले काम गर्नुपर्ने विचार व्यक्त गरे। महान्यायाधिवक्ता अग्नि खरेलले परिषद्ले निष्पक्षरूपमा जिम्मेवार भएर न्यायाधीश नियुक्तिलगायतका काम गर्नुपर्ने सुझाव दिए । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले परिषद्को काम कारवाही जिम्मेवार र इमान्दार तरिकाले गरी न्यायालयप्रतिको जनआस्था वृद्धि गर्न बारले सदैव सहयोग गर्ने बताए ।

सो अवसरमा उत्कृष्ट दुई न्यायाधीशलाई सम्मान गरिएको छ । उच्च अदालत जनकपुर इजलासका न्यायाधीश महेशप्रसाद पुडासैनी र पर्सा जिल्ला अदालतका न्यायाधीश प्रकाश खरेललाई प्रधानन्यायाधीश राणाले सम्मान गरेको हो । सो अवसरमा परिषद्ले तयार गरेको न्याय परिषद् बुलेटिनसमेत प्रधानन्यायाधीश राणाले सार्वजनिक गरेका छन् ।

परिषद्को स्थापना दिवस प्रत्येक वर्ष पुस ३ गते मनाउने गरिन्छ । परिषद्ले न्यायाधीश नियुक्ति, सरुवा तथा अनुशासनात्मक कारवाही, बर्खास्ती र न्याय प्रशासनसम्बन्धी अन्य विषयको सिफारिस गर्न वा परामर्श दिने काम गर्दछ ।