२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल भ्रमण वर्षको शुभारम्भ भव्य तयारी

अ+ अ-

विराटनगर । प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्यमा विशेष कार्यक्रम आयोजना गरिने जानकारी दिएका छन् ।

यही पुस १६ गते विराटनगरस्थित शहीद रङ्गशालामा आयोजना हुने उद्घाटन समारोहलाई भव्य बनाउन सबै उपसमितिहरु सक्रियरूपमा लागेको शनिबार आयोजित पर्यटन प्रवर्द्धन समितिको बैठकमा उनले जानकारी दिए ।

मन्त्री कुसियतले उद्घाटन कार्यक्रमलाई व्यवस्थित एवं भव्य बनाउन बाँकी रहेका कामलाई समेत द्रुतगतिमा सम्पन्न गर्न निर्देशन दिए । रङ्गशालामा हुने उद्घाटन कार्यक्रममा १० हजारको सहभागिता गराइनुका साथै प्रदेशमा बसोबास गर्ने विभिन्न जातजातिका झाँकी प्रदर्शन, १४ जिल्लामा उत्पादन हुने स्थानीय उत्पादन र परिकारका प्रदर्शनी कक्षसमेत राखिने मूल समारोह व्यवस्थापन उपसमितिका संयोजक फणिन्द्र अधिकारीले जानकारी दिए ।

एयर बेलुनबाट भ्रमणवर्ष २०२० को झण्डा फहराउनुका साथै हेलिकोप्टरबाट पुष्पवृष्टि गरिने छ । उद्घाटनपूर्व साइकल÷मोटरसाइकल र्‍याली, विभिन्न नाका र विमानस्थलमा आउने पर्यटकलाई स्वागत गर्नेसमेत तयारी पूर्ण भएको मूल समारोह व्यवस्थापन उपसमितिले गरेको छ ।

पर्यटन प्रवर्द्धन समितिका संयोजकसमेत रहनुभएका मन्त्री कुसियतले उद्घाटनलाई भव्य बनाउन हालसम्म भएका प्रगतिका विषयमा समेत उपसमितिहरुसँग छलफल गरेका थिए । सो अवसरमा उपसमिति संयोजकहरुले आ–आफ्ना समितिले गरेका र अब बाँकी रहेका कामका बिषयमा जानकारी गराएका थिए ।

भ्रमण वर्ष सफल बनाउन सबै जिल्लालाई समेटेर विभिन्न विषयगत १२ उपसमिति बनाइएको छ । मुख्यमन्त्री शेरधन राईले नेपाल भ्रमण वर्षको प्रदेशस्तरीय कार्यक्रमको उद्घाटन पुस १६ गते गर्नुहुने मूल समितिले जनाएको छ ।