काठमाडौं । दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीको दम्पति अपहरणमा परेका छन् ।
शाही र उनकी श्रीमती इला शाही आफ्नै घरबाट शनिबार राति १२ बजेतिर अपहरणमा परेका हुन् ।
उनलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले राति १२ बजेतिर १५ जनाको समूहमा आएर अपहरण गरी लगेको पारिवारिक स्रोतले जनाएको छ ।
घटनाको जानकारी आएको तर पुष्टि भैनसकेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।







