काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–६, मूलथलामा मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् ।
खड्गभञ्ज्याङतर्फ जाँदै गरेको बा २ क ७९१० नम्बरको मिनीट्रक अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरूको पहिचान हुन बाँकी छ । घाइतेलाई उपचारका लागि त्रिशूली अस्पताल लगिएको छ ।
थप विवरण आउन बाँकी छ ।







