२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिसोले झापाको जनजीवन प्रभावित

अ+ अ-

भद्रपुर । ५ दिनअघिदेखि झापामा चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ । बिहानदेखि नै बाक्लो हुस्सुसहित शीतलहर चलेको हुँदा सडकमा यातायातका साधन कम चलेका छन् भने सर्वसाधारणको हिँडडुल पनि कम भएको छ ।

आजको भद्रपुरको अधिकतम तापक्रम १२ डिग्री सेल्सियस रेकर्ड गरिएको छ भने बिहान ९ डिग्री सेल्सियस रहेको थियो । नागरिक उड्डयन कार्यालय भद्रपुरका प्रमुख पूर्णकुमार चुँडालले दृश्य क्षमता न्यून भएका कारण काठमाडौँबाट भद्रपुरसम्मको सबै उडान रद्द गरेको बताए ।

‘आजको दृश्य क्षमता ५०० मात्र छ, विमानस्थलमा २ हजार २०० दृश्य क्षमता नभई यहाँ विमान बस्न सक्दैन उनले भने, ‘बेलुकातिर आउँछ कि अहिले भन्न सकिँदैन ।’

बुद्ध एयर, यतिलगायतका विमान नियमित आइरहे पनि सात दिनदेखि सौर्य एयरलायन्सले भद्रपुरका सबै उडान स्थगित गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले सबै इलाका प्रहरी कार्यालयलाई सामुदायिक प्रहरी सेवा केन्द्रसँग समन्वय गरेर सर्वसाधारणका लागि सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

प्रहरीले झापाको राजगढ, मेचीनगर, भद्रपुर, गौरीगञ्ज, विर्तामोडलगायत विभिन्न तीन दर्जन स्थानमा काठको मुडा सडक किनारमा बालेर आगो ताप्ने व्यवस्था मिलाएको जिल्ला प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए । काठको मुडा स्थानीय सामुदायिक वनको सहयोगमा जुटाइएको छ ।