२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कपडा बैंकमा नै कपडा अभाव, रित्तो हात फर्किदैँ

अ+ अ-

दमौली । तनहुँको दमौलीमा स्थापना गरिएको कपडा बैंकमा कपडाको अभाव भएको छ । विपन्न समुदायका लागि निःशुल्क कपडा वितरण गर्न स्थापना गरिएको बैंकमा कपडाको अभाव भएको लायन्स क्लब अफ तनहुँ दमौलीले जनाएको छ ।

क्लबका सदस्यबाट सङ्कलन गरिएको रु चार लाखको लगानीमा गत असोज महिनामा कपडा बैंक स्थापना भएको थियो । हाल कपडा बैंकमा कपडा अभाव भएकाले विपन्न समुदायलाई कपडा वितरण गर्न समस्या परिरहेको क्लबका अध्यक्ष राजकुमार श्रेष्ठ (राकु) ले जानकारी दिए ।

कपडा बैंक स्थापनाको छोटो अवधिमा नै तीन हजार परिवारलाई निःशुल्क कपडा वितरण गरिएको छ । ‘हाल दैनिक २०/२५ जना कपडा लिन आउनुहुन्छ, तर कपडा बैंकमा कपडा पर्याप्त छैन’, उनले भने, “खोजेको जस्तो कपडा नपाएपछि सर्वसाधारण रित्तै फर्कनुपरेको अवस्था छ ।’

पछिल्लो समय आर्थिक अभाव भएको कारण बैंकमा पर्याप्त मात्रामा कपडा राख्न कठिनाइ भएको जनाइएको छ । अध्यक्ष श्रेष्ठका अनुसार कपडा अभाव भएको जानकारी पाएपछि विदेशमा रहेका नेपालीहरुले चाँडै नै कपडा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

कपडा बैंकलाई दिगो बनाउन रकम सङ्कलन गर्ने उद्देश्यसहित क्लबले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा साङ्गीतिक कार्यक्रम गर्ने भएको छ । पुस १५ गते आयोजना हुने साङ्गीतिक कार्यक्रमबाट बचेको रकम कपडा बैंकमा लगानी गरिनेछ । ‘कपडा बैंकलाई दीर्घकालीन रुपमा सञ्चालन गर्न रकम अभाव भएकाले साङ्गीतिक कार्यक्रममार्फत रकम सङ्कलन गर्ने योजना बनाएका हौँ’, उनले भने, ‘नयाँ वर्षको अवसरमा युवायुवतीलाई मनोरञ्जन पनि हुने र क्लबको उद्देश्य पनि पूर्ति हुने विश्वास लिइएको छ ।’

‘हुनेले दान गर्नुहोस्, नहुनेले ढुक्क साथ लैजानुहोस्’ भन्ने मूल मन्त्रसहित स्थापना भएको बैंकका लागि जिल्ला समन्वय समितिले ठाउँ उपलब्ध गराएको छ । कपडा बैंकमा प्रयोग गर्न मिल्ने कपडा, सिरक, डसना, तन्ना, जुत्तालगायत राखिएको छ । उक्त कपडा बैंक सोमबार, बिहीबार र शनिबार खुला रहने गरेको छ ।

गत वर्ष आयोजित साङ्गीतिक कार्यक्रमबाट बचेको रकमले क्लबले अग्निपीडितलाई राहत, ह्विलचियर वितरण, शैक्षिक सामग्री वितरण गरेको थियो । उक्त कार्यक्रमबाट रु दुई लाख सङ्कलन गर्ने लक्ष्य राखिएको कार्यक्रमका संयोजक एवं क्लबका प्रथम उपाध्यक्ष सरोज भण्डारीले जानकारी दिए ।

प्राविधिक शिक्षाका विद्यार्थीलाई प्रोत्साहन
प्राविधिक शिक्षा अध्ययन गरिरहेका तनहुँको भानु नगरपालिकाका विभिन्न विद्यालयका विद्यार्थीलाई नगरपालिकाले छात्रवृत्ति प्रदान गरेको छ । नगरपालिकाको आर्थिक वर्ष ०७६÷७७ को सामाजिक समावेशी कार्यक्रमअन्तर्गत महिलातर्फको विपन्न, जेहेन्दार बालिकालाई छात्रवृत्ति प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय, भानु संस्कृत माध्यमिक विद्यालय, चोक माध्यमिक विद्यालय र त्रिभुवन माध्यमिक विद्यालयबाट अध्ययनरत १६ जना प्राविधिकतर्फका छात्रालाई जनही रु नौ हजार ३७५ का दरले रकम प्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।