काठमाडौँ । राष्ट्रिय सर्तकता केन्द्रको अनुगमनका क्रममा एक हजार ७ सय ६० कर्मचारी कारबाहीमा परेका छन् ।
केन्द्रका अनुसार चालू आर्थिक वर्ष सुरुवातदेखि मंसिर मसान्तसम्म स्थानीय तहका विभिन्न १ सय ६७ कार्यालयमा गरेका अनुगमनबाट कारबाही सिफारिस गरिएको हो ।
अनुगमनक्रममा १ हजार ४ सय ४५ कर्मचारीले समय पालना नगरेको र ३ सय १५ ले तोकिएको पोसाक नलगाएको पाइएको छ ।
केन्द्रका एक अधिकारीका अनुशार सिफारिस भएकामध्ये ५ सय २४ जनालाई मात्र कारबाही भएको छ ।
सम्बन्धित कार्यालयलाई कारबाहीका लागि सिफारिस गर्ने गरेको केन्द्रले धेरै कार्यालयले कर्मचारीलाई कारबाहीमा ढिलाइ गरेको भन्दै कार्यालय प्रमुखलाई नै सिफारिस गर्ने तयारी गरेको छ ।







