२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगलागीबाट साढे दुई लाखभन्दा बढीको धनमाल क्षति

अ+ अ-

सर्लाही । सर्लाही जिल्लाका छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा करीब दुई लाख ६० हजारभन्दा बढीको धनमाल जलेर क्षति भएको छ ।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने रामनगर गाउँपालिका–७ सिसौटका रामअज्ञा बैठाको हार्डवेयर पसलमा मङ्गलबार अचानक आगलागी हुँदा करीब रु एक लाख ८० हजार बराबरको सामान जलेर क्षति भएको छ । आगलागीबाट बैठाको पसलमा रहेको रु ८६ हजार नगद, ल्यापटप एक थान, ग्यालेन्डर मेसिन एक थान, पङ्खा तीन थान, पलङ र केही कागजात जलेर नष्ट भएको हो । आगो के कति कारणले लागेको हो त्यो खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

त्यस्तै कौडेना गाउँपालिका–५ निवासी ब्रहम्देव ठाकुरको धानको कुन्यूमा आगलागी हुँदा करीब रु ८० हजार बराबरको क्षति भएको छ । कुन्यूमा कसरी आगलागी भयो भन्ने कुरा खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यसैबीच मङ्सिर १९ गते घर जलेर घरबारविहीन बनेका हरिवन नगरपालिका–१ कोठीखोलाका दुर्गाबहादुर घिसिङको घर नगरपालिका र स्थानीय सङ्घसंस्थाको सहयोगबाट निर्माण हुने भएको छ । हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाईंले मंलबार घरको शिलान्यास गर्नुभएको छ । विद्युत चुहिएर आगलागी हुँदा घिसिङको घर पूर्णरुपमा जलेर नष्ट भएको थियो । घर जलेपछि उनी परिवारसहित सोही वडामा रहेको सन्तानेश्वर प्राथमिक विद्यालयमा बस्दै आएका छन् । नगरपालिकाले रु एक लाख घर बनाउन प्रदान गर्ने जनाएको छ ।