काठमाडौँ । देशभर चिसो बढेको छ । आज काठमाडौं उपत्यकाको तापक्रम वर्षकै न्यून रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौँ उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको छ ।
महाशाखाका अनुसार अहिले देशका अधिकांश भाग तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। मध्य, पूर्व र पश्चिमका धेरैजसो पहाडी भू–भागको मौसम आंशिक देखि सामान्य बदली भएको छ।
बेलुकीपख पश्चिमी भेगका हिमाली तथा उच्च पहाडी एक दुई स्थानमा हल्का हिमपात हुने छ।








