२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राज्यले धार्मिक आधारमा कसैलाई नागरिक अधिकार दिँदैन : मन्त्री बाँस्कोटा

अ+ अ-

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राज्यले धर्मको आधारमा कसैलाई पनि नागरिक अधिकार नदिने बताएका छन् । बनेपा–पनौती ख्रीष्टियान समुदायद्वारा बनेपामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले नागरिकले आफूले चाहेको धर्म मान्न पाउने तर राज्यले धार्मिक आधारमा कसैलाई पनि नागरिक अधिकार नदिने स्पष्ट गरे ।

उनले भने, ‘नेपाली नागरिकलाई धार्मिक स्वतन्त्रता छ, संविधानले पनि त्यो प्रत्याभूति गरेको छ तर राज्यले धार्मिक आधारमा छुट्टै नागरिक अधिकार भने दिँदैन ।’ उनले धर्मका आधारमा राज्यले कसैप्रति दमन नगर्ने पनि बताए । ‘अतिक्रमण र द्वन्द्व निम्त्याउने गतिविधि कसैले पनि गर्नु हुँदैन, राज्य, व्यक्ति वा धार्मिक समुदायले कसैप्रति जबरर्जस्ती दृष्टिकोण राख्न मिल्दैन’, उनले भने ।

मन्त्री बाँस्कोटाले पुरातनवादी दृष्टिकोणलाई आधार बनाएर अर्को धर्म र सम्प्रदायप्रति अनास्था फैलाउन नहुने बताए । उनले भने, ‘हाम्रो समाजमा हिन्दू, क्रिश्चियन तथा अन्य धर्म समुदायभित्र खराब व्यक्ति हुन सक्छन्, अवशेषका रूपमा रहेको सामन्तवादी उत्पादन सम्बन्धका कारण कहिलेकहीँ धर्ममा केही सङ्कीर्णता देखापरेको मात्रै हो ।’ धर्मको सारतत्व मानव जातिको कल्याण, अहिंसा, सामाजिक न्याय र सहिष्णुता भएकाले एक धर्मले अर्को धर्मलाई ‘छिः छिः दुरदुर’ गर्न नहुने उनको धारणा थियो ।

सरकारका प्रवक्ता बाँस्कोटाले नेपालमा १० धर्म–सम्प्रदायका मानिस बस्ने भएकाले सबैप्रति राज्यको सम्मान र समान व्यवहार रहने बताए । ‘कसैको निजी आस्था र धार्मिक स्वतन्त्रताप्रति राज्यले हस्तक्षेप गर्दैन, हाम्रोमा कहिल्यै पनि धार्मिक द्वन्द्व भएको छैन र नागरिकले पनि त्यसलाई अस्वीकार गर्नुपर्छ’, उनले भने ।

नेपाल बुद्धधर्मको जननी तथा ऋषिमुनिको देश भएको बताउँदै उनले धर्म आफैँले कुनै मानव जातिविरुद्ध अशान्ति फैलाउन नहुनेमा जोड दिए ।

मन्त्री बाँस्कोटाले धार्मिक कट्टरताले संसारमा ठूला समस्या निम्तिने गरेको स्मरण गराउँदै यसबाट सचेत रहन सबैमा आग्रह गरे । उनले भने,’नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक, बहुभौगोलिक एउटा सिङ्गो सुन्दर देश हो, जहाँ जुनसकै धर्म मान्नेले पनि नेपाल देश घुम्न सक्छ र घुम्नुपर्छ, यसको संस्कृति फैलाउनुपर्छ ।’

उनले क्रिश्चियन धार्मिक सम्प्रदायलाई आफूलाई अलग्गै नठान्न आग्रह गर्दै सरकारको ‘समृद्ध नेपाल : सुखी नेपाली’ र स्वाधीन नेपाल निर्माणमा योगदान पुर्‍याउन आग्रह गरे । सो अवसरमा बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह वादेलगायतले ख्रीष्ट जन्मोत्सवको शुभकामना दिएका थिए ।