काठमाडौँ । आज काठमाडौँ उपत्यकाको तापक्रम १ डिग्री छ। आज यस वर्षकै कम तापक्रम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ। हिजो काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस थियो।
तापक्रम निरन्तर घट्ने क्रम जारी छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्ष उपत्यकाको तापक्रम शून्य डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ। जुम्लामा माइनस ६, जिरीमा माइनस २ र जोमसोममा माइनस १र२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ।
तराईका जिल्लामा चिसो बढेसँगै हुस्सु र शितलहरले जनजीवन कष्टकर बन्दै गएको छ।
बिहानको समयमा तराईमा हुस्सुरकुहिरो लाग्ने र हिमपात पर्ने स्थानमा चिसोको असर पर्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।







