२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपाङ्गता परिचय पत्र हचुवा भरमा वितरण गरेको आरोप

अ+ अ-

डोटी । देशमा सङ्घीयता लागु हुनु पूर्व अपाङ्गता सेवा सङ्घको सिफारिसमा साबिकको महिला तथा बालबालिका कार्यालयले वितरण गरेको अपाङ्गता परिचय पत्र हचुवाको भरमा वितरण गरेको एक कार्यक्रमका सहभागीहरूले आरोप लगाएका छन् ।

युनाईटेड मिसन टु नेपालको सहयोगमा अपाङ्गता सेवा सङ्घ डोटीले बिहीबार जिल्ला सदरमुकाम डोटीमा आयोजना गरेको समुदायमा आधारित बाल्यावस्था अपाङ्गताको एकीकृत व्यवस्थापन परियोजनाको समापन कार्यक्रमका सहभागीहरूले सो आरोप लगाएका हुन् ।

कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिकाकी नगर प्रमुख मञ्जु मलासिले प्रतिनिधि आउनु भन्दा पहिले अपाङ्गता परिचय पत्र हचुवाको तालमा वितरण गरेको बताइन् । उनले भनिन्, ‘अपाङ्गता परिचय पत्र कुन व्यक्तिले कुन वर्गको परिचय पत्र पाउनु पर्ने हो सही छैन वास्तविक अपाङ्गताले पाउनु पर्ने वर्ग अनुसारको पाएको छैन नपाउनु पर्नेले राम्रै वर्गको पाएको अवस्था पनि छ त्यसैले अहिले भत्ता वितरण र नयाँ परिचय पत्र दिनमा स्थानीय सरकारलाई समस्या हुने गरेको छ।’

अपाङ्गता भएका व्यक्तिहरूलाई सबै निकायले सहयोग गर्न आवश्यक रहेको जिल्ला समन्वय समितिकी उप प्रमुख शशि सोपले बताइन् । सहभागी तिर लक्षित गर्दै उनले भनिन ‘स्थानीय सरकार तपाईँहरूको घरदैलोमा छ अब तपाईँहरूका समस्या र सवालका बारेका वडा कार्यालय हुँदै गाउँपालिका र नगरपालिकासँग माग गर्नुपर्छ सरकारले पनि अपाङ्गता भएका व्यक्तिहरूका समस्यालाई सम्बोधन गर्नुपर्ने छ ।’ तर वास्तविक अपाङ्गताको अवस्था पत्ता लगाई सोही अनुसारको परिचय पत्र वितरण गरिनु पर्ने समेत उनले बताइन् ।

नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि नगर सभाबाट बजेट विनियोजन गरी कार्यक्रम कार्यान्वयन भइरहेको शिखर नगरपालिकाकी उप प्रमुख धौली देवी रावले बताइन् । उनले भनिन ‘हाम्रो समुदायमा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई अपमान होइन सम्मान गर्नुपर्छ’ अपाङ्गताको नाममा आएको बजेट तथा कार्यक्रम कुनै पनि सपाङ्ग व्यक्तिलाई खान दिनु हुन्न सही रूपमा कार्यान्वयन हुनुपर्ने  र फरक क्षमता भएका व्यक्तिहरूलाई शिखर नगरपालिले आवश्यक सहयोग गर्ने उनको भनाइ थियो ।

स्थानीय सरकार र सबै निकाएको सहयोगमा परियोजना उपलब्धि पूर्ण रूपमा सम्पन्न भएको युनाईटेड मिसन टु नेपाल डोटीका निमित्त टिम लिडर सुरेन्द्र राईले बताए । तर निमित्त टिम लिडर राईले पनि परियोजना अन्तर्गत के के कार्यक्रमहरू सञ्चालन गरिए के उपलब्धि भयो भन्ने विषयमा प्रस्ट कुनै जानकारी दिन सकेनन् नत साझेदार संस्थालाई जानकारी गराउन भन्न सके ।

कार्यक्रममा गाउँ तथा नगर स्थित सञ्जालका प्रतिनिधि तथा जिल्ला स्थित सरोकारवाल निकायहरूको सहभागिता रहेको थियो । तर कार्यक्रमको ब्यानरमा परियोजनाको समापन भनिएको भएपनी परियोजना कुन कुन ठाउँमा लागु भयो, के के काम गरियो, उपलब्धि के भयो, चुनौती के रह्यो र आर्थिक रूपमा के कस्तो रह्यो भन्ने विषयमा कुनै जानकारी गराइन् ।