२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आम नागरिकले निःशुल्क स्वास्थ्य सेवा पाउनु नैसर्गिक अधिकार हो : अध्यक्ष शाही

अ+ अ-

डोटी । केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले आम नागरिकले निःशुल्क रूपमा आधारभूत स्वास्थ्य सेवा पाउनु नैसर्गिक अधिकार भएको बताएका छन् ।

शुक्रवार केआईसिंह गाउँपालिका वडा नं. २ दाडीमाटी स्थित सामुदायिक स्वास्थ्य केन्द्रको सेवा सुचारु उद्घाटन र तिखातर स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै अध्यक्ष शाहीले सो कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष शाहीले अहिलेको २१ शताब्दीमा संविधानको धारा ३५ मा उल्लेख भए बमोजिम प्रत्येक नागरिकलाई राज्यबाट निःशुल्क रूपमा आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने नैसर्गिक अधिकार छ त्यसैले सबैलाई स्वास्थ्यको पहुँचमा पुर्‍याउन भवन निमार्ण गरिएको बताए ।

उनले भने, ‘विभिन्न खाले स्वास्थ्य समस्या भएका, बाहिर टाढा जान नसक्ने स्थानीयको स्वास्थ्य उपचारमा सहजता आउने कुरामा म विश्वस्त छु’ केही त्यस्तो स्वास्थ्यकर, औषधीको समस्या भएमा समयमै जानकारी गराउनु होला’ गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा विशेष ध्यान दिएको बताउँदै सेवा प्रवाहमा लापरबाही गर्ने स्वास्थ्य कर्मीलाई गाउँपालिकाले माफी नगर्ने भन्दै सेवा सुबिधाका लागि कुनै पनि कमी नगर्ने स्वास्थ्य चौकीमा आवश्यक न्यूनतम पूर्वाधारहरू उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । स्वास्थ्य केन्द्र स्थापना गर्दा दाडीमाटी, नारीदांग, अमगाउ कौडामा स्थानीय बासिन्दामा खुसीयाली छाएको छ । यसअघि सामान्य उपचारका लागि १ देखि ४ घण्टा समय लगाएर उपचारका लागि तिखार पुग्नु पर्ने बाध्यता रहेको स्थानीय सुन्तली विकले बताइन् ।

के आई सिंह गाउँपालिकामा एक जना स्वास्थ्य कर्मीले १२ सय जना बिरामीको उपचार गर्नुपर्ने अवस्थाबाट अहिले ७ सय बिरामी हेर्नू परेको केआईसिंह गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिल बहादुर बोहराले बताए । शुक्रवार उद्घाटन गरिएको सामुदायिक स्वास्थ्य केन्द्रबाट प्राथमिक उपचारका साथै प्रसूति सेवा पनि दिइने बोहराले जानकारी दिए । यो सँगै गाउँपालिकाका दुर्गम ८ क्षेत्रमा आधारभूत स्वास्थ्य संस्था बिस्तार भएको समेत बोहराले बताए।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिना विष्ट, वडा अध्यक्ष, वडा सदस्य, सरोकारवाल, स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो ।