२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनगणनामा ५४ हजार ४१३ जनशक्ति परिचालन हुने

अ+ अ-

सुर्खेत । केन्द्रीय तथ्याङ्क विभागले ‘राष्ट्रिय जनगणना २०७८’ को महाअभियानमा सहभागी हुन सबैलाई आह्वान गरेको छ ।

जनगणनाको तयारी र अगामी योजना विषयमा आज आयोजित कार्यक्रममा विभागका निर्देशक ढुण्डीराज लामिछानेले गणनामा तथ्यगत, विश्वसनीय र भरपर्दो तथ्याङ्क सङ्कलनमा सबैको महत्वपूर्ण भूमिका रहने बताए।

‘राष्ट्रिय जनगणनाबाट प्राप्त तथ्याङ्क नै देशको मूल तथ्याङ्क हो’, उनले भने, ‘यही वास्तविक तथ्याङ्कलाई मूल आधार बनाएर सरकारले राष्ट्रिय नीति र विकास निर्माणमा योजना बनाउने हो ।’ विभागले ‘मेरो गणना, मेरो सहभागिता’ नारा तयगरी आगामी माघ १ गतेदेखि चैत्र मसान्तसम्म नमूना जनगणना सम्पन्न गर्ने तयारी गरेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले विभागलाई स्पष्ट कार्यविधि बनाएर अघि बढ्न सुझाए । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले पत्रकारहरुले जनगणनालाई सहयोग पुग्नेगरी समाचार प्रवाह गर्न आग्रह गरे ।

कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले यौनिक अल्पसङ्ख्यक र राउटेहरुको वास्तविक तथ्याङ्क सङ्कलनमा ध्यान दिन आग्रह गरे । विभागले ‘राष्ट्रिय जनगणना २०७८’ मा बेरोजगार युवाहरुलाई गणक बनाउन प्राथमिकता दिने भएको छ । गणनामा ५४ हजार ४१३ जनशक्ति परिचालन हुने र ४३ हजार २७७ गणकको मात्र सङ्ख्या हुनेछ ।