२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दैनिक पाँच हजार चालक अनुमतिपत्र छपाइ

अ+ अ-

काठमाडौं । झण्डै ८ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गर्न बाँकी हुँदा यातायात व्यवस्था विभागले २ सिफ्टमा गरी दैनिक झण्डै ५ हजार चालक अनुमतिपत्र छपाइ गर्न थालेको छ । २ महिना पहिले ल्याइएको ‘मास प्रिन्टर’ र विभागमै रहेका साना क्षमताका प्रिन्टरमार्फत यो सङ्ख्यामा छपाइ भइरहेको हो । केही दिनपछि नै दैनिक तीन सिफ्टमा ‘मास प्रिन्टर’ सञ्चालन हुने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

सो उपकरण निर्माण गर्ने कम्पनीले एकैपटक लामो समयसम्म सञ्चालन गर्न नहुने सल्लाहअनुसार अहिले दुई सिफ्टमा सञ्चालन भइरहेको छ । छपाइमा रहेको ढिलाइ हटाउन केही दिनभित्रै दैनिक तीन ‘सिफ्ट’ मा अनुमतिपत्र छापिने भएको छ । मास प्रिन्टर दैनिक ३ सिफ्ट सञ्चालन गर्ने र अरु प्रिन्टरमार्फत दैनिक नौ हजारसम्म चालक अनुमतिपत्र छपाइ गरिसक्ने योजना विभागको छ । आगामी चार/पाँच महिनाभित्रैमा छापिसक्न बाँकी रहेका चालक अनुमतिपत्र छपाइ हुने उनको भनाइ छ ।

‘मास प्रिन्टर’ सँगै विभागमा रहेका पुरानो छपाइ उपकरण (प्रिन्टर) पनि प्रयोगमा आउने उनको भनाइ छ । पुराना चार उपकरण मर्मत गर्न लागिएको उनले विभागले जनाएको छ । तीन ‘सिफ्ट’मा चलाउन पनि विभागसँग पर्याप्त जनशक्ति रहेको उनले बताए । ‘मास प्रिन्टर’ सञ्चालनकै लागि अहिले विभागका सात जना कर्मचारीले अहिले तालिम लिइरहेका छन् । देशभरका यातायात व्यवस्था कार्यालयबाट आएका आवेदनका आधारमा विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्दै आएको छ ।