२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से परिसूचक करिब ५ अङ्कले बढ्यो

अ+ अ-

काठमाडौं । आइतबार करिब पाँच अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने साढे ५ अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ५.५३ अङ्कले बढेर १ हजार १६७.९५ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.०६ विन्दुले बढेर २५३.३३ मा पुगेको छ । नेप्से बढेसँगै कारोवार रकममा वृद्धि भएको छ । कूल १७७ कम्पनीको १४ लाख ९१ हजार ४४ कित्ता शेयर रु ६२ करोड २३ लाख ६३ हजार ४८८ मूल्यमा खरिद–बिक्री भए ।

नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर ओरालो लाग्दा आठ उपसमूहको शेयर बढेको छ । बैंकिङ २.२, विकास बैंक १.३५, जलविद्युत् ५.१६ र वित्त २.३६ विन्दुले घटेको छ । यस्तै व्यापार १५.१६, होटल ६.९५, निर्जीवन बीमा ६१.९१, उत्पादन ५९.८९, अन्य ६.५३, लघुवित्त ३.७५, जीवन बीमा २५६.५३ र सामूहिक लगानी कोष ०.१३ विन्दुले बढेको छ ।

नेप्सेका अनुसार आज नेपाल लाइफ इन्सुरेन्स कम्पनीका सबैभन्दा बढी कारोवार भएको छ । सो कम्पनीको रु १० करोड ६ लाख २१ हजार ४४० बराबरको कारोवार भएको छ । शिवम् सिमेन्ट रु ५ करोड १ लाख ६८ हजार ४८, एबीएल डिबेन्चर रु ४ करोड ८७ लाख ५० हजार, एनएमबी बैंक रु २ करोड ५४ लाख १० हजार ३७० र साल्ट ट्रेडिङ कर्पोरेशनको रु २ करोड ४६ लाख ६५ हजार ९५२ बराबरको कारोवार भई शीर्षस्थानमा रहे ।

नेप्सेका अनुसार शिवम् सिमेन्टका लगानीकर्ताले ५.६७, स्वदेशी लघुवित्त वित्तीय संस्था ५.३०, एशियन लाइफ इन्सुरेन्स ५.२९, लाइफ इन्सुरेन्स कम्पनी ५.२६, हिमालयन डिस्टिलरी ४.९४ र नेपाल लाइफ इन्सुरेन्स कम्पनीका शेयरधनीले ४.५९ प्रतिशतले कमाए ।

यस्तै, माउन्टेन हाइड्रो ५.५५, जोशी हाइड्रो पावर ४.७६, नेपाल सेवा लघुवित्त ३.६१, सिन्धु विकास बैंक २.९६ र गुर्खाज फाइनान्सका लगानीकर्ताले २.६५ प्रतिशतले गुमाए ।