काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणमा आधिकारिक कर्मचारी युनियनका अध्यक्ष श्रवणकुमार यादवले संस्थालाई कुनै पनि हालतमा टुक्रिन नदिने बताएका छन् ।
आज बिहान प्राधिकरणको वार्षिकोत्सव कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईकै अगाडि उनलेसंस्था टुक्र्याउन नदिने बताएका हुन् ।
उनले संस्थालाई टुक्र्याएर भारतकै जस्तो बनाउन खोजिएको बताए । उनले भने,‘भारतमा भन्दा नेपालमा बढी सुरक्षित छ’ ।
संस्था टुक्र्याएर रातारात सुरक्षित भइन्छ भन्ने ग्यारेन्टी के छ भन्दै उनले प्रश्न गरेका थिए । उनले चिनियाँ जहाज ल्याएपछि युरोपेली संघ (इयु)ले कालोसूचीमा राखेको चर्चा गर्दै संस्था टुक्र्याएर इयूले कालोसूचीबाट हटाउँछ भन्ने ग्यारेन्टी के छ भन्ने प्रश्न गरेका थिए ।
निजीकरणका लागि प्राधिकरण टुक्र्याउन खोजिएको उल्लेख गर्दै उनले इयूले कालोसूचीबाट हटाउँछ भन्ने के ग्यारेन्टी हुन्छ भनि मन्त्रीलाई प्रतिप्रश्न गरेका थिए ।







