२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँको टुँडिखेलमा तमु ल्होसार (फोटो फिचर)

अ+ अ-

काठमाडौँ । गुरुङ समुदायले पुरानो गृग वर्षलाई बिदाइ गरी नयाँ मुसा वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाएका छन् । गुरुङ समुदायले प्रत्येकवर्ष पुस १५ गते नयाँ वर्षका रुपमा ल्होसार मनाउँछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायका मानिसको विश्वास छ । यसवर्ष पुस १४ गते राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिएको हो ।

परापूर्व कालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामाकरण गरेका हुन् । मुसा, गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको हो ।

यस अवसरमा तमू ह्यूल छोँज धीँ गुरुङ राष्ट्रि«य परिषद्ले टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भइन् । तमू ल्होसारका मूलसमारोहमा सहभागी हुनुभई उनले विभिन्न जिल्लाबाट राजधानी आई बसेका गुरुङ समुदायले प्रस्तुत गरेको मौलिक पहिचानसहितको सांस्कृतिक झाँकी अभिरुचिपूर्वक हेरेकी थिइन् ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले हिमाल, पहाड र तराई एवं गरीब तथा धनीका बीचको खाडल अहिलेको स्थिर सरकारले पूरा गर्ने प्रतिबद्धता जनाए । राष्ट्रिय एकताको प्रदर्शन गरी समृद्ध नेपाल निर्माण गर्न सबै जातजातिको सहयोग आवश्यक रहेको उनले बताए । जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङले ५९ जातिका पर्व सार्वजनिक बिदा दिनुपर्ने साझा माग रहेको बताए ।

दुईवर्ष अघिदेखि प्रतिष्ठानको बजेट समेत कटौती गरिँदा काम गर्न नसकिएको उनको गुनासो थियो । यसवर्ष रु ३ करोड मात्र बजेट दिइएको प्रतिष्ठानले जनाएको छ । ३७।८ प्रतिशत जनसङ्ख्या रहेको जनजातिलाई लोकतान्त्रिक गणतन्त्र आएपछि अन्याय भएको उपाध्यक्ष गुरुङको भनाइ थियो ।

गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङले लोकतान्त्रिक गणतन्त्र भनेको राजाका स्थानमा राष्ट्रपति स्थानान्तरण बाहेक अरु काम हुन नसकेको बताए । तमु ल्होसारको कार्यक्रममा राष्ट्रपति उपस्थित भए पनि सम्बोधन नगरिनु र गुरुङ समुदायको राष्ट्रिय गीतसमेत प्रस्तुत गर्न नदिएकोप्रति उनको आपत्ति थियो ।

वर्तमान सरकारले जनजातिका पर्वको ५ वटा बिदा काटेर विभेद गरेकोप्रति गुरुङ समुदायले विरोध जनाएका छन् । वर्षभरको १५ दिन सार्वजनिक बिदामा ११ दिन एउटै धार्मिक एवं सामाजिक समुदायका लागि दिइनु विभेद्को उदाहरण भएको अध्यक्ष गुरुङको तर्क थियो ।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले तमु ल्होसारलाई राष्ट्रिय पर्व घोषणा गर्न माग गरे । तमु जातिलाई मात्र बिदा दिँदा विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएको बताउदै ल्होसार, माघी र माघे सङ्क्रान्तिलाई मासेर नेपाल भ्रमण वर्ष पनि सफल नहुने उनको विचार थियो ।

कार्यक्रममा परिषद्का सल्लाहकार गणेशमान गुरुङले पुस १५ लाई राष्ट्रिय बिदा दिनुपर्ने माग गरे । कार्यक्रममा राष्ट्रपति भण्डारीले गुरुङ समुदायबाट मन्त्री बनेका मन्त्री पार्वत, गुरुङ समुदायको इतिहासका विषयमा चीनको सिचुवान विश्वविद्यालयबाट विद्यावारिधि गरेका टेकबहादुर गुरुङ, १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीद्वय पार्वती गुरुङ र मीनु गुरुङ लगायतलाई सम्मान गरेका थिए ।

टुँडिखेलमा १५० भन्दा बढी कक्ष स्थापना गरी गुरुङ समुदायले उत्पादन गरेका चीजबीजका साथै खानालगायत सांस्कृतिक प्रदर्शनी पनि गरिएको छ । मूलसमारोहको कार्यक्रमअघि वसन्तपुरबाट शहरका विभिन्न भाग परिक्रमा गर्दै टुँडिखेलसम्म विभिन्न जिल्लाबाट राजधानी आइबसेका गुरुङ समुदायले सांस्कृतिक झाँकीसहित प्रदर्शनी गरेका थिए । पर्वका अवसरमा आज बेलुकीसम्म नै लोकदोहोरीलगायत सांस्कृतिक प्रदर्शनी, गीत, नृत्यलगायत प्रदर्शनी गरिने आयोजक समितिका महासचिव लोकबहादुर गुरुङले बताए।