२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हत्याका अभियुक्तलाई एघार वर्ष कैद सजाय

अ+ अ-

दमौली । तनहुँको भानु नगरपालिका–९ का २६ वर्षीय राजु विकको हत्या अभियोगमा जिल्ला कारागार तनहुँमा थुनामा रहेका तीन जनालाई ११ वर्षको कैद सजाय भएको छ ।

विकको हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका लमजुङ दूधपोखरी गाउँपालिका–२ स्थायी घर भई भानु नगरपालिका–९ बस्ने २८ वर्षीया मनकुमारी कामी, लमजुङ दूधपोखरी गाउँपालिका–३ स्थायी घर भई भानु नगरपालिका–९ बस्ने ३५ वर्षीया मनमाया कामी र दोर्दी गाउँपालिका–३ लामागाउँ घर भई सोही ठाउँ बस्ने २४ वर्षीय आयुष विक भन्ने बुद्धिबहादुर कामीलाई जिल्ला अदालतले बुधबार कैद सजाय सुनाएको हो ।

जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले अभियुक्तलाई उक्त फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए। अभियुक्तलाई जनही रु एक लाख १० हजारका दरले जरिवाना गर्ने निर्णयसमेत भएको छ । सोही घटनामा संलग्न भनिएका धनबहादुर कामी र मनकुमार कामी भने फरार रहेका जनाइएको छ ।

हत्यामा संलग्न रहेका मनकुमारी र मनमाया दिदी र आयुष मृतक राजुका भाई हुन् । उनीहरुले राजुलाई चिर्पटले टाउकामा हानी डोरीले घाँटीमा कसेर हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको थियो ।

प्रहरीले अभियुक्तलाई विसं २०७५ माघ २२ गते पक्राउ गरेको थियो । अभियुक्तले राजुको हत्या गरी भानु नगरपालिका–९ काउरेटारको इनारमा फालेका थिए । स्थानीय रामप्रसाद हड्खलेको बारीमा सिँचाइका लागि खनेको इनारभित्र मृतकको शव दुर्गन्धित अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । अभियुक्त सबै फागुन १६ गतेदेखि पुर्पक्षका लागि थुनामा गएका थिए ।