काठमाडौं । बाजुराको हिमाली गाउँपालीकाको केन्द्र धुलाचौरदेखि कोल्टी जाँदै गरेको जीप कर्णाली नदीमा खस्दा चार जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी उद्धव सिंह भाटका अनुसार से १ ज १०६४ नम्बरको जिप दिउँसो करिब साढे १ बजे सडकबाट नदीमा खसेको हो। घाइते ४ जनाको स्वास्थ्य चौकी कोल्टीमा उपचार भइरहेको छ। एक जना बेपत्ता छन् । बेपत्ताको खोजी भइरहेको उनले बताए ।
जीप दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। अन्य मृतकहरुको सनाखत हुन सकेको छैन।







