काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी डा. गुणाकर भट्टलाई दिइएको छ।
यसअघिका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला विदामा बसेपछि डा. भट्टलाई प्रवक्ताको जिम्मेबारी दिइएको हो।
नेपाल राष्ट्र बैंकमा अवकास हुनुपुर्व एक महिना विदामा बस्ने प्रचलन अनुशार निरौला एक महिना विदामा बसेपछि डा. भट्टले प्रवक्त्ताको जिम्मेवारी पाएका हुन् । निरौला अर्को महिना अवकास लिदैछन्।
प्रवक्ताको जिम्मेवारी पाएका डा. भट्ट राष्ट्र बैंकका अनुसन्धान विभागको वरिष्ठ कार्यकारी निर्देशक हुन्।







