२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धितोपत्र बजारमा सामान्य गिरावट

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३.२९ अङ्कले घटेर एक हजार १६६.२१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.१० अङ्कले घटेर २५२.१८ मा रोकिएको छ ।

परिसूचक घटेपनि कारोबार रकम भने ५० करोड नाघेको छ । स्टकका अनुसार आज कुल १७० कम्पनीका १६ लाख ६० हजार ४०६ कित्ता शेयर रु ५३ करोड २२ लाख ११ हजार २११ मा खरिदबिक्री भयो ।

कारोबार भएका कुल १२ उपसमूहमध्ये तीन उपसमूहको मात्र शेयर उकालो लागेको छ । जलविद्युत् २.२४ अङ्कले बढ्दा उत्पादन ४१.२२ र लघुवित्तको शेयर १५.५६ अङ्कले बढेको छ । यसैगरी बैङ्किङ २.२ ले घट्दा व्यापार ३.९५, होटल ७१.९९, विकास बैङ्क १.१९, फाइनान्स १.१३, निर्जीवन बीमा १६.२२, अन्य ११.९७, जीवन बीमा ४८.८४ र सामूहिक लगानी कोषको शेयर ०।०२ अङ्कले घटे ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु नौ करोड २१ लाख ४९ हजार ७५९ मा खरिदबिक्री भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु ३ करोड ११ लाख ५७ हजार ५९७, प्रभु बैङ्कको संस्थापक शेयर रु २ करोड ३५ लाख २० हजार, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको रु २ करोड १४ लाख ७२ हजार १६९, हिमालयन डिस्टिलरीको रु एक करोड ८७ लाख ८३ हजार ४०६, एनआइसी एसिया बैङ्कको रु एक करोड ७१ लाख २१ हजार ४९८, होटल सोल्टीको रु एक करोड ६७ लाख १७ हजार १४ र प्रोग्रेसिभ फाइनान्स लिमिटेडको संस्थापक शेयर रु एक करोड ५७ लाख ८९ हजार १२८ मा खरिदबिक्री भयो ।

परिसूचक घटेपनि जोशी हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले ८.३३ प्रतिशतले कामाए । यस्तै नेपाल सेवा लघुवित्त वित्तीय संस्था ७.६८, युनियन हाइड्रोपावर लिमिटेड ७.५५, स्वाभिमान लघुवित्त वित्तीय संस्था ६.३९, शिवम् सिमेन्ट ४.४९, समता माइक्रोफाइनान्स वित्तीय संस्था ४.०८ र सिभिल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.८६ प्रतिशतले कमाए ।

जलविद्युत् लगानी तथा विकास कम्पनीका लगानीकर्ताले ७.५८ प्रतिशतले गुमाउँदा ओरियन्टल होटल लिमिटेड ५.२१, विशाल बजार कम्पनी ३.९७, सप्तकोशी डेभलपमेन्ट बैङ्क ३.९३, प्रभु बैङ्क (संस्थापक) ३.७०, तारागाउँ रिजेन्सी होटल ३.६९ र रिलायन्स फाइनान्सका लगानीकर्ताले ३.५३ प्रतिशतले गुमाए ।