डोटी । डोटीका स्थानीय तहहरूले छाउपडी प्रथा उन्मुलन गर्न सामूहिक रूपमा साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय डोटीले आइतबार जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको समन्वयात्मक बैठकमा स्थानीय तहका प्रमुखहरूले उक्त प्रतिबद्धता व्यक्त गरेका छन् । प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको अध्यक्षतामा भएको समन्वयात्मक बैठकमा जिल्लाका ६ वटा स्थानीय तहका प्रमुखहरूले छाउपडी प्रथा उन्मुलन गर्ने प्रतिबद्धता जनाएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।
प्रविद्धतासंगै छाउपडी प्रथा निरन्तर रहिरहे छाउ गोठहरु भत्काउने र छाउ बार्नेको थाहा पाएमा त्यस्ता व्यक्तिहरूले सरकारबाट पाउने सेवा सुविधा रोक्ने सम्मका कदमहरू चाल्न स्थानीय तहका प्रमुखहरू सहमत भएका छन् ।
जिल्ला समन्वय समिति प्रमुख रामबहादुर ऐर समेत सहभागी रहेको उक्त बैठकमा दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, पूर्वी चौकी गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका, आदर्श गाउँपालिका र केआई सिंह गाउँपालिकाको सहभागिता रहेको थिए ।







