२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तुइनबाट डोल्पामा पहिलो पटक सरकारी गाडी

अ+ अ-

दुनै,डोल्पा । डोल्पामा पहिलो पटक सरकारी नम्बर भएको गाडी भित्रिएको छ । भौतिक पूर्वाधार कार्यालय डोल्पाले पहिलो पटक सरकारी नम्बर प्लेट भएको गाडी जिल्लामा पुर्‍याएको हो ।

कर्णाली प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले २७ लाखमा खरिद गरेको बोलेरो जिप तुइन तारेर भौतिक पूर्वाधार कार्यालयले डोल्पा पुर्‍याएको छ ।

सुर्खेतबाट तल्लु,खदाङ,त्रिपूराकोटको भेरी नदीमा तुइनमा तारेर जिप ल्याएको भौतिक पूर्वाधार विकास कार्यालय डोल्पाका प्रमुख इन्जिनियर योगेन्द्र धरालाले जानकारी दिए । जाजरकोट र रुकुमको तल्लुमा ५० हजार, डोल्पाको खदाङमा ४० हजार र त्रिपूराकोट बगरमा ६० हजार गरेर झन्डै दुई लाख बराबर रकम खर्च गरेर कार्यालयको गाडी डोल्पा ल्याएको धरालाले बताए ।

अघिल्लो मङ्सिरमा औपचारिक रूपमा डोल्पामा राष्ट्रिय सडकमा जोडेको घोषणा गरेको सरकारले बिचबिचमा पुल नहालिदिँदा यात्रुले सास्ती भोग्नु परेको छ । जाजरकोट देखी डोल्पाको दुनै सम्म आउन गाडीमा कम्तीमा पनि ५ ठाउँमा पल्टी गर्नु पर्ने बाध्यता रहेको यात्रुहरु बताउँछन् ।

सडकले जोडिएको भनेसँगै सबै भन्दा पछि जिल्लामा स्थापना भएको भौतिक पूर्वाधार कार्यालयले आफ्नै गाडी ल्याएको हो । उक्त गाडी जिल्लामा पुगेसँगै अन्य सरकारी कार्यालयले समेत गाडी ल्याउने तयारी थालेका छन् ।

डोल्पाका सरकारी कार्यालयका बाइकहरू भने अहिले पनि नेपालगन्ज सुर्खेतमा चलि रहेका पाइन्छ । तर भौतिक पूर्वाधार विकास कार्यालयले विभिन्न दुखका साथ गाडी डोल्पामा पुर्‍याएपछि अन्य सरकारी कार्यालयलाई समेत बाध्यता आएको छ ।

सरकारले डोल्पामा सडक पुगेको भनेर घोषणा गरे पनि सहरबाट सिधा यात्रा भने गर्न कठिन रहेको छ । विभिन्न ठाउँमा पल्टी गर्नुपर्ने भाडा दर यकिन नहुनु,सुरक्षाको कम अनुभूति हुनुले पनि मानिसहरू पैदल यात्रा गर्न मान्दैनन् ।