काठमाडौँ । प्रदेश ३ को राजधानी धुलिखेल बनाउन साझा पर्टीले प्रस्ताव गरेकोे छ । प्रदेशको नाम बाग्मतीमा सहमति जनाउँदै साझा पार्टीले राजधानीको नाम धुलिखेल राख्न प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएको हो ।
प्रदेश ३ मा साझा पार्टीका तीन लसांसद घन् । नेकपाले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्ने निर्णय गर्दै सबै दलको समर्थन जुटाउने प्रयास गरिरहेको छ ।
प्रदेश सभाको दुई तिहाइले नाम र राजधानी टुंगो लगाउनु पर्छ ।
संसदमा प्रतिनिधित्व गरेका नेकपा, कांग्रेस, राप्रपार राप्रपा संयुक्तले भने राजधानी हेटौंडा र नाम बागमती राख्न सहमति जनाएका छन् ।







