२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अबको आन्दोलन आर्थिक विकासका लागि हुनुपर्छ : अर्थमन्त्री डा.खतिवडा

अ+ अ-

जलेश्वर । अर्थमन्त्री डा.युवराज खतिवडाले प्रदेश नं २ मा अब आर्थिक विकासका लागि आन्दोलन हुन जरुरी रहेको बताएका छन् । महोत्तरीको मूल भन्सार कार्यालय जलेश्वरको नवनिर्मित भवनको समुद्घाटनमा अर्थमन्त्री खतिवडाले प्रदेश नं २ मानव विकास सूचकाङ्कमा निकै तल रहेकाले यस प्रदेशका स्थानीय सरकार, प्रदेश सरकार तथा जनताको सेवा सुविधाका लागि कार्यरत प्रत्येक निकायलाई एकअर्कासँग समन्वय गर्दै विकासका कार्यक्रम अगाडि बढाउन सुझाव दिए ।

उनले अहिले सबैभन्दा ठूलो आन्दोलन समाज परिवर्तनको आन्दोलन गर्न, आर्थिक रुपान्तरण गर्न र चौतर्फी विकासका नयाँनयाँ योजना ल्याउन सुझाव दिए । उनले कुनै एक प्रदेश, कुनै एक स्थानीय तह वा कुनै एक क्षेत्र विशेषको विकास गर्दैमा नेपालको विकास नहुने उल्लेख गर्दै सङ्घीय सरकारले देशको चौतर्फी विकासका लागि सबै प्रदेश र स्थानीय तहलाई आवश्यकता हेरी बजेट दिने गरेको बताए । अर्थमन्त्री डा.खतिवडाले बजेटको सदुपयोग गरेमा देश साँच्चै विकास हुने विश्वास व्यक्त गरे ।

प्रदेश नं २ को सरकारले प्राप्त बजेटको ६० प्रतिशत पनि खर्च गर्न नसकेकाले विकास पनि सोचेजस्तो नहुने भन्दै उनले ८०/८५ प्रतिशतसम्म बजेट खर्च गर्न निर्देशन दिए। अर्थमन्त्री डा.खतिवडाले नेपाल सरकारले तय गरेका ‘समृद्ध नेपाल, सुखी नेपाली’ को संकल्पलाई पूरा गर्न नेपाल सरकार अहिले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँदै आएको बताए । उनले विकासका लागि अगाडि बढ्न तथा जनताको घरदैलोमा गएर सेवा दिन सबैलाई सुझाव दिए ।

मन्त्री खतिवडाले महोत्तरीको मूल भन्सार कार्यालय जलेश्वर प्रदेश नं २ कै नमूना भन्सार रहेको र पछिल्लो दिनमा यस भन्सारले राजस्व सङ्कलन तथा व्यापारमा निक्कै महत्वपूर्ण भूमिका खेलेको बताउँदै अर्थमन्त्री डा.खतिवडाले यस भन्सार कार्यालयले आउँदा दिनमा थप सुविधा पाउने बताए । उनले वर्षौंदेखि भारु रुपैयाँका लागि सटही काउण्टरको अभावको समस्या झेल्दै आएका महोत्तरी तथा यस भन्सार नाकाबाट भारत जानेको पीडामा मल्हम लगाउनका लागि भन्सार परिसरमै चाँडै सटही काउन्टर सञ्चालनमा ल्याउने प्रतिबद्धतासमेत व्यक्त गरे ।