२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार दुग्ध सहकारीलाई

अ+ अ-

काठमाडौं । यसवर्षको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार केन्द्रीय दुग्ध सहकारी संघलाई प्रदान गरिएको छ । सहकारी संघले किसानको हितका लागि दुध सङ्कलन, प्रशोधन, चिस्यान केन्द्र, बिक्री वितरण प्रणाली र बजारीकरण तालीमका माध्यमबाट दुध उत्पादनमा वृद्धि तथा दुध व्यवसाय प्रवर्द्धनमा भूमिका निर्वाह गरेकाले उक्त पुरस्कार प्रदान गरिएको हो ।

नगद रु.५० हजारसहित सम्मानपत्र रहेको पुरस्कार वि.सं.२०७५ देखि प्रदान गर्न थालिएको हो । साझा सेवाको ३५ औँ साधारणसभाका अवसरमा उक्त पुरस्कार संस्थाका अध्यक्ष भीमबहादुर अधिकारीले वि.सं.२०२६ बाट संस्थामा संस्थापक सञ्चालक तथा अध्यक्ष रही नेतृत्वदायी भूमिका, दिगो विकास र स्थायित्व प्रदान गर्न स्व। दीक्षितको अथक योगदान रहेकाले सो पुरस्कारको स्थापना गरिएको जानकारी दिए ।

राष्ट्रिय सहकारी महासंघका पूर्वअध्यक्ष केशव बडालले नेपाली भाषा साहित्यकासाथ व्यावसायिक प्रतिष्ठानका माध्यमबाट सामाजिक कार्यमा क्रियाशील स्व। दीक्षित बहुआयामिक ब्यक्तित्वका रुपमा स्थापित भएको चर्चा गर्दै पुरस्कारबाट साझा संस्था तथा सहकारी क्षेत्रको विकासमा उनको लामो समयको योगदानलाई सम्मान गर्न सहयोग पुगेको बताए ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन सहकारी र सामाजिक सेवाका लागि साझा क्षेत्रको महत्व रहेको उल्लेख गर्दै यी क्षेत्रको क्षमता वृद्धि हुन सकेमा समाजिक विकासमा सहयोग पुग्ने बताए । निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त सूर्यप्रसाद श्रेष्ठले साझा र सहकारी आन्दोलनले कृषकलाई उत्पादन वृद्धि गर्न तथा बजारलाई सन्तुलित बनाउन भूमिका निर्वाह गरेको विचार व्यक्त गरे ।

पूर्वन्यायाधिश टोपबहादुर सिंहले उपभोक्तालाई सस्तोमा वस्तु बिक्री गरी किसानलाई उचित मूल्य उपलब्ध गराउने उद्देश्यबाट साझा सेवाको शुरुआत भएको स्मरण गर्दै यस्ता सेवाको भूमिका कमजोर हुँदा उपभोक्ता र किसान दुबै मारमा परेका बताए ।

साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले साझा सेवाले आफ्नो व्यावसायिकतामार्फत सर्वसाधारणलाई सुलभ मूल्यमा गुणस्तरीय वस्तु बिक्री गर्दै आएको बताउँदै सहकारीका माध्यमबाट कृषकको जनजीवनमा आर्थिक रुपान्तरण गरेको सहकारी संस्थालाई नगद पुरस्कारसहित सम्मान गरेकामा सराहना गरे ।

पुरस्कृत संस्था दुग्ध सहकारी संघका अध्यक्ष नारायण देवकोटाले देशमा दुधको उत्पादन बढेसँगै अहिले बाहिरबाट धुलो दुध आयात रोकिएको उल्लेख गर्दै सहकारी व्यवसायकोे सबैभन्दा उर्वर क्षेत्र कृषि क्षेत्र भएको बताए । उक्त संस्थाले विसं २०२६ देखि निरन्तर रुपमा सर्वसाधारणलाई सुलभ र विश्वसनीय सेवा पुर्‍याउँदै आएको छ ।रासस