काठमाडौँ । स्वयम्भु रुटमा चल्ने गाडीभित्रै हस्तमैथुन गरेर महिलाको टाउकोमा वीर्य फाल्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
एक वर्षदेखि अनुसन्धानमा रहेको प्रहरीले सो व्यक्तिलाई सोमबार बेलुकी चितवनबाट पक्राउ गरी काठमाडौं ल्याएको छ।
एक वर्षअघि यात्रुबस भित्रै हस्तमैथुन गरी एक महिला यात्रुको कपालमा वीर्यपतन गरेको थियो। पक्राउ परेको व्यक्ति र अनुसन्धानबारे थप जानकारी दिन आज (मंगलबार) बिहान ११ बजे पत्रकार सम्मेलन तय गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
यद्यपि, प्रहरीले पक्राउ परेका व्यक्तिको नाम भने अहिलेसम्म सार्वजनिक गरेको छैन। २०७५ साल कार्तिकमा सामाजिक सञ्जालको म्यासेन्जर हुँदै भाइरल भइरहेको एक भिडियोले प्रहरीलाई हैरान बनाएको थियो।
उक्त भिडियोमा एक व्यक्तिले हस्तमैथुन गरेर बसमा यात्रा गरिरहेकी युवतीको कपालमा आफ्नो वीर्य झारेको दृश्य थियो।
लगत्तै प्रहरीले विज्ञप्ती नै निकालेर सो पुरुषको खोजी थालिसकेको जानकारी दिँदै घटनासम्बन्धी जानकारी भए प्रहरीलाई सहयोग गरिदिन आमनागरिकमा अपिल गरेको थियो।




