२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दश लाख ठगी गर्ने पक्राउ

अ+ अ-

धनगढी । नेपाल प्रहरीले कैलालीको घोडाघोडी नगरपालिकाकी धनकला धामीलाई चिट्ठा परेको भनेर दश लाख चार हजार ठगी गरेको अभियोगमा सातलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ जिल्ला सुन्दर हरैचा नगरपालिकाका आइएमइ सञ्चालक इन्दिरा पुरी, मनमोहनबहादुर अधिकारी, विराटनगर सजिलो मनीट्रान्सफर सञ्चालक विश्वनाथ राजवंशी, रङगेली नगरपालिकाका भवेशकुमार मण्डल, र अब्दुल सलाम, भारतको बिहार प्रदेश अररिया जिल्लाका शतिष मण्डल र मोइसु रहेका छन् ।

पीडित धनकला धामीले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमा यी व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताए । सो समूहले धामीलाई विभिन्न मितिमा दश लाख चार हजार ठगी गरेको जनाइएको छ ।

यसैबीच भारतको दिल्लीस्थित देवनगरका विश्वेश्वर अग्रवालको कार्यालयबाट नगद तथा गरगहना चोरी गर्नमा संलग्न भनिएका व्यक्तिलाई कैलालीको गौरीगंगा नगरपालिका क्षेत्रबाट तीन दिन अघि भारु ६५ लाख पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारु रकम चोरी गर्ने भनिएका बाजुरा बुढिगंगाका जहरसिंह थापा,र मनाकुमारी खड्का, र चोरी भएको रकम लुकाउने कैलाली गौरीगंगा नगरपालिकाकी बिन्दाकुमारी थापा रावल रहेका छन् ।

भारतीय राजदूतावासको प्राप्त पत्रअनुसार खटिएको कैलाली प्रहरीको विशेष टोलीले गरेको अनुसन्धानका क्रममा गौरीगंगा नगरपालिकाकी निज बिन्दाको घरभित्र खाल्टो मुनी लुकाइ राखिएको अवस्थामा उक्त भारु ६५ लाख फेला परेको प्रहरी प्रवक्ता बस्नेतले बताए ।