२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दम्पती त्रिशूलीमा हेलिनुको कारण चक्रवृत्ति ब्याज

अ+ अ-

धादिङ । साहुको दबाब र चक्रवृत्ति ब्याज तिर्न नसकेपछि चन्द्रागिरि नगरपालिका–४, थानकोटका ३७ वर्षीय विनय लामिछाने बच्चासहित त्रिशूली नदीमा हाम फाल्न पुगेको तथ्य खुलेको छ । विनय र २७ वर्षीया श्रीमती जमुना रेग्मीले दुई वर्षीय र ६ महिनाका छोरा लिएर बेनिघाटरोराङ गाउँपालिकामा पर्ने बाँदरे नजीकै त्रिशूली नदीमा बिहीबार साँझ हाम्फालेको प्रहरीले जनाएको छ ।

हाम्फालेको देखेपछि स्थानीयवासीले विनयलाई जीवितै उद्धार गरेका थिए । उनकी श्रीमतीको भने निधन भैसकेको थियो । छोराहरु भने अझैसम्म फेला परेका छैनन् । नदी धमिलो भएको र पानी परिरहेकाले खोजीमा समस्या आइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। घाइते अवस्थामा रहेका विनयको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ ।

चन्द्रागिरि नगरपालिका—४, थानकोटमा बसोबास गर्दै आएको परिवार चर्को ब्याज तिर्न नसकेपछि आत्महत्याको निर्णयमा पुगेको जमुनाले आफ्नो अङ्ग्रेजी नाम उल्टो बनाएर फेसबुकमा लेखेको स्टाटसमा उल्लेख छ । जमुनाका दाजु धादिङको गल्छी गाउँपालिका–३ का वडाध्यक्ष कपिल रेग्मीको परिवारलाई सानो छोराको पास्नी (भातखुवाइ) मा आउँदै गरेको खबर गरेर यो परिवार सिधै बेनिघाट पुगेको थियो । विनयको घरमा ऋणका कारण आफूहरुले आत्महत्यालाई नै अन्तिम विकल्पका रुपमा रोजेको ‘सुसाइड नोट’ भेटिएको प्रहरीले जनाएको छ ।

विनयले शेयर लगानी गर्न विभिन्न व्यक्तिबाट मिटर ब्याजमा करीब रु एक करोड ५० लाख ऋण लिएको ‘सुसाइड नोट’बाट पत्ता लागेको जिल्ला प्रहरीले जनाएको छ । विनयलाई आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरी उपरीक्षक रेग्मीले बताए ।